हिमा गाउँपालिकामा एकिकृत सम्पति कर लागु ।

दिलमाया शाही  
जुम्लाको हिमा गाउँपालिकामा सवै वडामा एकिकृत सम्पति कर लागु गरेको छ । हिमा गाउँपालिकाका सबै वडामा डिजिटल प्रणलीबाटै एकिकृत सम्पति कर लिन शुरु गरिएको हो । एक देखी ७ वडा सम्म कम्प्यूटरबाटै कर प्रणाली लागु गरेको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए । उनले भने गाउँपालिकाले वडा नम्बर एकबाट शुरु गरिएको एकिकृत कर प्रणाली अहिले ७ वटै वडामा लागु गरेका छौ । प्रमुख प्रशासकीय अधिकृत मिनबहादुर रावलले भने जनताले तिरेको कर सिधै राजश्वमा जाने भएकाले डिजिटल प्रणाली शुरु गरिएको हो । उनले भने पहिले रसिद काट्ने चलन थियो । अहिले जग्गाको तिरो कम्प्यूटर प्रालीबाट हुने भएपछि सजिलो भएको छ ।

हिमा गाउँपालिकाले पहिलो पटक सवै वडामा एकिकृत सम्पति कर लागु गरिएको छ । यसरी जनताले राज्यलाई तिरेको कर प्रत्यक्ष देखिने र पारदर्शिता हुने भएको छ । करलाई व्यवस्थापन गर्न यस्तो ब्यवस्था गरिएको सूचना प्रविधि अधिकृत भिमबहादुर रावतले बताए । उनले भने आफ्नो नेतृत्वको एक टोली वडा वडामा गएर व्यवस्थापन गरिरहेको छ । गाउँपालिकाको वडा नम्बर १ वाट दुई बर्ष अघि शुरु गरिएको कर प्रणाली अहिले सवै वडामा डिजिटल माध्यामबाट प्रविधि जडान गरि एकिकृत कर प्रणाली लागु गरिएको सूचना प्रविधि अधिकृत रावतले बताए ।

सवै वडामा आफु पुगेर सफ्टवेयर तयार गरिएको छ । कम्प्यूटरबाटै कर तिर्न शुरु गरिएकाले एक तर्फ पारदर्शिता र शुसासनकायम हुने भएको छ भन अर्का तर्फ नागरिकलाइ करको दायरामा ल्याउन सजिलो हुने भएको छ । हिमा गाउँपालिकाका अनुसारे गाउँ र बजार, खेति योग्य जमिन, पाखो जग्गा, घरको संरचना, पक्कि र कच्ची घर अनुसार करका दाहेरा निर्धारण गरेको छ ।

गाउँपालिकाले आर्थिक ऐन २०७५ को आधारमा एकिकृत सम्पति कर लागु गरेको बताइएको छ । शुक्रवार ७ नम्बर वडामा लागु गरेपछि सवै वडामा कम्प्यूटर प्रविधिबाट कर प्रणाली लागु गरिएको गाउँपालिकाले जनाएको छ । जनतालाई करको दाहेरामा ल्याउन सजिलो र प्रविधिकोे काम गर्ने एकिकृत सम्पति कर लागु गर्ने हिमा गाउँपालिका जुम्लाको पहिलो गाउँपालिका बनेको छ । शुक्रवार वडा नम्बर ७ का कार्यवाहक अध्यक्ष रामप्रसाद उपाध्यायले र विहीवार वडानम्बर २ अध्यक्ष नैनसिंह रोकायाले डिजिटल प्रणालीबाट नागरिकले तिरेको करको कम्प्यूटर रसिद हस्तान्तरण समेत गरेको बताएका छन ।
तोकिएको समयमै कर तिरे १० प्रतिशत छुट हुने

एकिकृत सम्पति करमा आर्थिक बर्षको ६ महिना अर्थात पौष मसान्त सम्म वुझाउनेलाई १० प्रतिशत कर छुट दिईने ब्यवस्था हिमा गाउपालिकाले गरेको उपाध्यक्ष हिमाली रोकायाले बताइन । उनले भनिन् पौष पछि कर तिर्न आउने नागरिकका लागि भने भने छुट दिईने छैन् । बर्षभरी नतिर्नेलाई केही शुल्क थपिनेछ ।

सम्बन्धित समाचार