जुम्लाका राष्ट्र सेवक कर्मचारीलाई सम्मान ।

दिलमाया शाही ,
जुम्लाका राष्ट्र सेवक कर्मचारीलाई सम्मान गरिएको छ । चन्दननाथ नगरपालिकाले जुम्लाका उच्चपदस्त कर्मचारीलाई औपचारीक कार्याक्रमको आयोजना गरी शुक्रबार सम्मान गरेको हो । नगरपालिकाले शुक्रबार सदरमुकाम खलङ्गामा हाम्रो जुम्ला, हाम्रो सम्मान कार्यक्रम गरेर सम्मान–पत्र, र दोसल्लाह ओडाएर प्रतिनिधि सभाका सांसद गजेन्द्रबहादुर महत मार्फत उच्चपदस्त कर्मचारीलाई सम्मान गरिएको हो ।जुम्ला जन्म थलो भएका देशका विभिन्न जिल्लामा सेवा गर्दै आएका उच्चपदस्त राष्ट्र सेवक कर्मचारीलाई सम्मान गरिएको नगरप्रमुख कान्तिका सेजुवालले बताउनु भयो । उहाले भन्नुभयो, नगरपालिकाले नेपालका विभिन्न मन्त्रालय, विभाग र कार्यालयहरुमा कार्यरत सह–सचिव, उप–सचिव र नगरपालिका भित्रका शाखा अधिकृतसमेत लाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा जुम्लाका पहिलो न्यायधिस कृष्णलाल भट्टराई, यातायात व्यवस्था विभागका महानिर्देशक गगन हमाल, जुम्लामै जन्मेका जुम्लामै कार्यरत प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा रहेका छन् ।त्यस्तै दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रमुख कर अधिकृत पुर्णप्रसाद न्यौपाने, .उप निर्देशक जयप्रसाद आचार्य, प्रमुख कर अधिकृत कर्णप्रसाद तिमिल्सिना, म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, कर्णाली प्रदेश सुर्खेतका उप निर्देशक जवहरलाल हमाल, सुर्खेत जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत लगायत १९ जना कर्मचारी लाई सम्मान गरिएको छ ।

समान कार्याक्रममा बोल्दै जुम्ला प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने चन्दननाथ नगरपालिकाले गरेको सम्मान कार्यक्रमले राष्ट्र सेवक कर्मचारीलाई थप सेवा गर्ने प्रेरणा मिलेको छ । उनले भने कुनै बेला कार्यालय सहयोगीको जागरिको लागी भौतारिने जुम्लाले अब देशहाक्न सक्ने जनशक्ती उत्पादन भएको छ । जुम्ला जिल्लाको सिर उच्च राख्ने राष्ट्र सेवक कर्मचारीलाई चन्दननाथ नगरपालिकाले मात्रै होइन सबै स्थानियतहले सम्मान गर्न आबश्यक रहेको सरोकारवालाले औल्याएका छन ।

सम्बन्धित समाचार