कमला बुढाको घरमा आगलागी, मोबाइल पसल जलेर नष्ट

जुम्ला :चन्दननाथ नगरपालिका–५ स्थित कमला बुढाको तिनतले घरमा बिहीबार राति अन्जादी १ बजेको समयमा आगलागी भएको छ। आगलागीबाट घरको तल्लो तलामा रहेका दुई कोठा जलेर नष्ट भएका छन्। भने माथील्लो कोठामा समेत अंसिक क्षेती भएको छ ।

सोही घरको सटर (भाडामा लिइ मोबाइल पसल सञ्चालन गर्दै आएका जीवन महताराको पसलमा रहेका सामान पूर्ण रूपमा जलेका छन्। प्रत्यक्षदर्शीहरूका अनुसार राति एक्कासी ठूलो आवाज आएको थियो, जसपछि स्थानीय बासिन्दाहरू बाहिर निस्कँदा पसलको सटर सडकमा थियो।

स्थानीयहरूको भनाइ अनुसार,वत्तीको तार सट भएर आग्लागी भएको हुन सक्ने अनुमान गरिएको छ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक असिम हमालका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। उनका अनुसार क्षेतीको बिवरण आउन बाँकी छ ।












