प्रतिष्ठानमा आगामी बर्षबाट डाक्टर पढाई हुने ,।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आगामी वर्षबाट डाक्टर पढाइको तयारी थाल्ने भएको छ । प्रतिष्ठानले आफ्नो शैक्षिक योजना सार्वजनिक गर्दै यस्तो बताएको हो । प्रतिष्ठानले कोरोनाको महामारी देखी अहिले सम्म गर्दै आएको क्रियाकलापको बारेमा जानकारी दिर्दै डाक्टर पढाउन देखी उच्च स्तरका जनशक्ति बिषयको अध्ययन अध्यापन गर्ने काम हुदै गरेकाले आगामी शैक्षिक कार्यक्रमको बिषयमा जानकारी गराएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर निरेश थापाले भने सरकारले ५ सिट स्नाकोत्तर तहको अध्यापनका लागि अनुमति दिएपछि कर्णाली प्रतिष्ठानले विश्व विद्यालय स्तरको मान्यता पाएको छ । यसकारणले आगामी शैक्षिक सत्रमा एमविविएसको लागि तयारी भईरहेको छ ।
प्रतिष्ठानले वडा दशैको अवसरमा शुभकामना आदान प्रदान गर्ने कार्यक्रममा सार्वजनिक गरिएको शैक्षिक प्रतिवेदनमा उल्लेख छ , २०७६ साल पुष १४ गते प्रधानमन्त्री तथा कुलपति ज्यूको अध्यक्षतामा बसेको वैठकबाट लक्षित कार्यक्रमहरु एमडि जनरल प्राटिक्स एण्ड ईमरजन्सी मेडिसिन सिट ३, एमडि एनेष्थेसिया एण्ड क्रिटिकल केयर सिट १, एमडि अर्थोपेडिक्स एण्ड ट्रमा सर्जरी सिट १, लगायतका कार्यक्रमहरु अनुमति प्राप्त भएकाले अध्ययन अध्यापनको लक्ष्य रहेको छ । यसैगरी व्याचलर अफ नर्सिङ, व्याचलर फार्मेसी, व्याचलर ईन क्लिनिकल न्यूट्रेसन समेत सञ्चालन गरिदैछ ।
२०७१ देखी २०७६ सम्म २६४ जना विद्यार्थी आरक्षित सिटमा भर्ना भएका छन् ।

अहिले सम्म ५१८ जनाले स्टाफनर्स, हेल्थ असिष्टेन्ट,डिप्लोमा फार्मेसी, व्याचलर अव पब्लिक हेल्थ, व्याचलर अफ मिडवाफ्रीमा अध्यापन गराएको जानकारी गरिएको छ । जसमा स्टापनर्स २४० जना, हेल्थ असिष्टेन्ट १९२ जना रहेका छन् । भर्ना भएका मध्य यसैगरी १७४ जना जनशक्ति उत्पादन जनशक्ति रहेको जानकारी गरिएको छ । पछिल्लो समयमा प्रतिष्ठानमा उत्पादित उच्च स्तरका जनशक्तिले देशभरका विभिन्न अस्पतालमा समेत अभ्यास गर्ने छन् । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले कोभिड १९ मा प्रतिष्ठानले आफ्नो क्षमता प्रर्दशन गरेको बताए । उनले भने पिसिआर परीक्षण देखी विभिन्न जिल्लामा चिकित्सक पठाएर गरेको योगदानमा सरकार र नागरिकको सहयोग, सद्धभावले थप काम गर्ने हौसला दिईरहेको छ । उनले भने कर्णालीमा बहुचर्चाको रुपमा रहेको एम विविएस अध्ययन बिषय नतिजामा आउने देखिएको छ । सरकारले अगाडि बढाउन मुल्यांकन समिति गठन गरेको छ । चिकित्सा शिक्षा आयोगले एक टोली गठन अगाडि बढाएको र टोली मुल्यांकनका लागि आउन आतुर भएको प्रतिष्ठानले जनाएको छ ।