योग अभ्यास नै स्वस्थ जीवनको आधार हो :आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला

जुम्ला:आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाले यौग अभ्यास नै स्वस्थकर जिवको आभार भएको बताएको छ । जुम्लाका दुईवर्ष देखि नियमित रुपमा योग अभ्यास गरौदै आएको आयुर्वेद स्वास्थ्य केन्द्रले अभ्यास (योग, प्राणायाम, ध्यान) स्वस्थ जीवन शैलीको मूल आधार भएको बताएको हो ।आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका अनुसार नियमित योग अभ्यासले मानसिक सन्तुलन, शारीरिक स्फूर्ति, र रोग प्रतिरोधात्मक क्षमतामा उल्लेखनीय सुधार ल्याउने बताएको छ ।


योग केवल व्यायाम मात्र नभई आयुर्वेदको गहिरो आयाम हो जसले शरीर, मन र आत्माको सन्तुलन कायम राख्न महदत्त गर्ने आयुर्वेद स्वास्थ्य केन्द्र प्रशासन शाखाका प्रमुख नन्द बहादुर न्यौपानेले बताए । उनका अनुसार आधुनिक जीवनशैलीमा तनाव, निद्राको कमी, अस्वस्थकर खानपान जस्ता समस्याहरू बढिरहेका छन् ।उनले भने, योग र आयुर्वेदले प्राकृतिक तरिकाले समाधान गर्न सक्छ,। उनका अनुसार आयुर्वेद स्वास्थ्य केन्द्रले ’योग सप्ताह’ निशुल्क स्वास्थ्य शिविर योग कक्षा, स्वास्थ्य परामर्श र जीवनशैली सम्बन्धी बिभिन्न कार्यक्रम गर्दै आएको छ ।
योग अभ्यास यस कारण आबश्यक छ
शारीरिक स्वास्थ्यका लागि : शक्ति र लचिलोपना योगले शरीरका मांशपेशीहरूलाई लचिलो बनाउँछ र शक्ति बढाउँछ।सन्तुलन र स्थिति सुधार : नियमित योगले शरीरको अवस्था (उयकतगचभ) सुधार गर्छ, विशेष गरी लामो समय कुर्सीमा बस्नेहरूका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउँछः शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ। मानसिक स्वास्थ्यका लागि :तनाव कम गर्छः ध्यान श्वासप्रश्वास अभ्यासले मानसिक तनाव हटाउँछ। निन्द्रा सुधार गर्छः योगले निद्राको गुणस्तर सुधार गर्छ, अनिद्राको समस्या कम हुन्छ। एकाग्रता र स्मरणशक्ति बढाउँछः योगले मस्तिष्कको कार्यक्षमता बढाउँछ।
आत्मिक विकासका लागिः स्व–चिन्तन र आत्म–ज्ञानः ध्यानले आत्म–चिन्तनमा मद्दत गर्छ र आत्म–ज्ञान प्राप्त गर्न सहयोग पुर्याउँछ। जीवनमा सन्तुलन र मानसिक शान्ति ल्याउँछ।
दीर्घकालीन लाभहरूः दीर्घायु र ऊर्जा वृद्धिः योगले शरीरलाई स्वस्थ राखेर दीर्घायु बनाउँछ। जिवन शैलीमा सकारात्मकता ल्याउँछः योग अभ्यास गर्ने मानिसहरू प्रायः स्वस्थ जीवनशैली अपनाउँछन्।संक्षेपमा, योग अभ्यास सम्पूर्ण स्वास्थ्यका लागि आवश्यक छ – शरीर, मस्तिष्क र आत्माको समन्वयमार्फत सन्तुलित र सुखी जीवनतर्फ अग्रसर गराउँछ।

सम्बन्धित समाचार