लागुऔषधले युवा वर्ग र समाजको भविष्य संकटमा:सचेतना फैलाउदै प्रहरी,प्रशासन
जुम्ला: पछिल्लो समयमा जुम्लामा लागु औषधको सेवन तथा ओसारपसार बढ्दै गएको छ । कुलतबाट जोगाउन प्रहरी, प्रशासनले पातारासी गााउँपालिकाका अभिभावक र सरोकारवालाई पालिकामै पुगेर सचेत गराउन थालेको हो ।लागुऔषध दुव्र्यसनबाट बालवालिका तथा युवापुस्तालाई जोगाउने उद्देश्यले कार्याक्रम आयोजना गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले बताए । उनका अनुसार पातारासीका अभिभावक र सरोकारलाई लागुऔषध बिरुदको सचेतना दिइएको हो ।उनले जिल्ला प्रशासन कार्यालय जुम्लमा आउने नागरिकको गुनासोको बारेमा सचेतना दिइएको बताए ।उनका अनुसार स्थानीय नागरिकले कार्यालयको सेवा प्रणाली ढिला सूस्ती ,एकै कामका लागि पटक–पटक धाउनु पर्ने, र कर्मचारीको व्यवहारमा समेत सुधार आवश्यक लागायत आउने गरेका गुनासाका बिषयमा प्रशिक्षण दिइएको थियो ।उनले सेवाको गुणस्तर सुधार गर्न डिजिटल प्रणालीमा जोड,नागरिकलाई दिने सेवा सरल, छरितो र प्रभावकारी बनाउन सरोकारवालाई आग्रह गरेका छन प्रजिअ शाहीका अनुसार नागरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने सेवा प्रवाहमा सुधार ल्याउन जिल्ला प्रशासन गम्भीर हुनु जरुरी छ।
त्यस्तै जुम्लाका ग्रामिण भेगका क्षेत्रहरु लागु औषध प्रयोग र बिक्री वितरणको उच्च जोखिममा रहेको भन्दै जिल्ला प्रहरी कार्यालय जुम्ला ,जिल्ला प्रशासन कार्यालय र पातारासी गाउँपालिकाले कार्यालयले त्यहाका सरोकारवालार अभिभाबकलाई औषध दुव्र्यसन रोकथाम सम्बन्धी चेतना मूलक अभियान कार्यक्रम गएिको प्रहरी नायव उपरिक्षक रबिन बाबु रेग्मीले बताए । उनले प्रहरी कार्यालयले अभिभावकलाई लागु औषधको दुव्र्यसनका बारेमा सेचत गर्न अति आवश्यक ठानेर प्रशासन पालिका र सुमदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत योजनचेतना दिइएको हो ।उनले जोखिम क्षेत्रका विद्यालयमा प्रहरीले पुगेर विद्यालयमा अध्ययनरत छात्र, छात्रा र शिक्षक शिक्षिकालाई लागु औषधबाट हुने हानि र त्यसका असरबारे जानकारी गराउने हाम्रो लक्ष्य रहेको छ ।
उनले विद्यार्थी र युवाले लागु औषधको कुलतबाट बचाउनका लागी कोही कसैले यसको प्रयोग गरेको वा ओसारपसार गरेको बारे केही जानकारी हुनेबित्तिकै प्रहरीलाई जानकारी गराउन पनि आग्रह गरेका छन ।उनले भने, “हामीले लागुऔषध बिषयमा निगरानी, धरपकड र कानुनी कारबाही गरिरहेका छौं। तर, घरमै बच्चा कुन वातावरणमा हुर्किंदैछ, कस्ता साथीहरूमा संगत गरिरहेको छ ,त्यो निगरानी गर्ने दायित्व अभिभावककै हुने प्रहरी नायव उपरिक्षक रेग्मीले बताए ।उनका अनुसार, पछिल्लो समय लागुऔषध प्रयोगकर्तामध्ये धेरैजसो किशोर र युवा वर्ग छन्, जसले समाजकै भविष्यलाई संकटमा पारिरहेको छ।
सबै भन्दा पहिला अभिभावकले आफ्ना छोराछोरीको गतिविधि निगरानी राख्नुपर्ने ,विद्यालयमा नियमित रूपमा लागुऔषधविरुद्धको सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने,समुदायस्तरमा निगरानी समूह गठन गरी शंका लागेका क्रियाकलापमा प्रहरीलाई सूचना दिनुपर्ने ,आबश्यक छ ।
जुम्ला प्रहरीले साइबरक्रम ,अनलाइनबाट हुने ठगीका बिषयमा समेत सचेतना दिदैआएको छ । कार्यक्रमका सहभागीहरूले लागुऔषधको विरुद्ध एकजुट भएर काम गर्ने प्रतिबद्धता जनाएका छन ।