माओवादी केन्द्र चन्दननाथ नगर कमिटिको पत्रकार सम्मेलन : सकारात्मक काममा सहयोग र गलत कार्यको खबरदारी गर्ने प्रतिबद्धता
जुम्ला :मओवादी केन्द्र जुम्लाल सम्पन्न पार्टी नगर कमिटिले पत्रकार सम्मेलनको आयोजना गरेको छ । उक्त कमिटिले पाटीका प्रतिबद्दता तथा संगठानिक गतिविधिहरु सार्व जनिक गरेको हो ।माओवादी केन्द्रको नगर कमिले स्थानीय विकास तथा जनहितका हरेक सकारात्मक कार्यमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । साथै, नगर भित्र हुन सक्ने कुनै पनि अनियमितता, भ्रष्टाचार वा जनविरोधी गतिविधिहरूको खबरदारी गर्ने प्रतिबद्धता गरेको छ । चन्दननाथ नगर किमिटिका अध्यक्ष सुरेन्द्र बहादुर महतका अनुसार आगामी दिनमा अब विकास निर्माण, शिक्षा, स्वास्थ्य, स्वच्छता, पूर्वाधार विस्तारजस्ता कार्यहरूमा जनस्तरबाट सक्रिय भूमिका खेल्ने छ। उनले भने,‘समाजमा देखिने कुनै पनि भ्रष्ट आचरण, अनियमित खर्च वा सार्वजनिक स्रोतको दुरुपयोग विरुद्ध आवाज उठाउने बताएका छन ।
माओवादी केन्द्र नगर अध्यक्ष महतले भने, “हामी हरेक सकारात्मक काममा साथ दिन तयार छौं। तर जनताको हितविपरीत काम भए, त्यसलाई चुप लागेर हेरेर बस्ने होइन, प्रतिवाद गर्नेछौं। पार्टीका स्थानीय प्रतिनिधिहरूले नगरवासीहरूसँग समन्वय गरी विकास परियोजनामा निगरानी राख्ने र आवश्यक परेमा जनगुनासो तथा कानुनी प्रक्रियामा समेत अघि बढ्ने बताएका छन्। नेकपा माओबादी केन्द्र, चन्दननाथ नगर समिति, स्थानीय सरकार गरेर जनताको समस्या हल गर्नका लागी सुझाव दिने बताए ।
नगर कमिटिले जनताको सेवाका लागि बनेका कार्यालयमा सेवा ग्राहीहरुलाई सुलभ सेवा प्रबाह नभएको, बिभिन्न कार्यालयमा भ्रस्टाचार जन्य हर्कत भएका जनगुनासो प्राप्त भएकाले हामी सबै कार्यालयमा जनताको तर्फबाट निगरानी बढाउने र भ्रस्टाचार जन्य गतिबिधि भएको पाइएका जनताको तर्फबाट पनि र राज्य स्तरमा पनि कारबाही गर्न पार्टीको तर्फबाट पहलकदमी लिने पत्रकार सम्मेलन मार्फत बताइएको छ ।
त्यस्तै माओवादी केन्द्र पाटीका चन्दननाथ नगर कमिटिका बरिष्ट उपाध्यक्ष चन्द्रवती उपाध्यायले नगरमा बढेका महिला तथा बालवालिका माथी हिंसालाई न्युनिकरण गर्नका लागी कुनै पनी राजनितिक पुर्वआग्रह नराख्ने बताइन । उनले नेकपा (माओवादी केन्द्र) चन्दननाथ नगर कमिटि, जुम्ला हाल स्थानीय तहमा देखिएको राजनीतिक सामाजिक र प्रशासनिक अवस्थाबारे गम्भीर चासो प्रकट गरेको बताइन । उनले वर्तमान स्थानीय सरकार जनताको अपेक्षा अनुसार सेवा प्रवाह गर्न असफल देखिएको छ। नीति तथा कार्यक्रमहरू कागजमा सीमित छन् भने कार्यान्वयनमा ढिलासुस्ती, अनियमिता र जनउपेक्षा देखिएको छ, जसप्रति हाम्रो पार्टी कडा असन्तुष्टि छ ।
त्यस्तै माओवादी केन्द्र पाटीका चन्दननाथ नगर कमिटिका सचिव कृष्ण बहादुृर सुनारले पछिल्लो चरणमा बढीरहेको लागुऔषध न्युनिकरणका लागी सचेतनाका कार्यक्रम चलाउने बताए । उनले विकासको नाममा भ्रष्टाचार हुने बजेट दुरुपयोग, र साना ठेकेदारसँगको साँठगाँठले स्थानीय शासन प्रणालीको विश्वसनीयता घटिरहेको छ। यसबारे नागरिक सचेतना र जनदवाबका कार्यक्रम आवश्यक परेको छ ।
उनका अनुसार चन्दननाथ नगरभित्रका सम्पूर्ण युवा, महिला, किसान, मजदुर र बुद्धिजीवी वर्गलाई आग्रह गर्दछौं कि जनसरोकारका सवालमा सचेत बन्नुहोस्, आवाज उठाउनुहोस्, र पार्टीको जनमुखी अभियानमा सहभागी हुनका लागी आग्रह गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) चन्दननाथ नगर कमिटिका मागहरु
१ नेकपा (माओवादी केन्द्र) चन्दननाथ नगर कमिटि, जुम्लाले चन्दननाथ नगरवासी, स्थानीय सरकार, प्रदेश तथा संघीय सरकारसामु निम्न सन्देश र मागहरु प्रस्तुत गर्दर्छ । हाम्रो पार्टीले “जनताको सेवा नै हाम्रो धर्म, जनताको सरकार नै हाम्रो लक्ष्य भन्ने मूल नारालाई आत्मसात गर्दै संगठन, आन्दोलन र सेवा तीनै मोर्चामा जनताको हितमा काम गरिरहेछ।
२ नगर भित्र रहेको हाम्रो कर्णालीकै गौरवको विश्वबिद्यालय स्तरको संरचना स्थापनाकी कानूनी तथा ि पहलकदमी लिने हाथो पाटी प्रति गौरव गर्दै कणोली स्वास्थ्य बिज्ञान प्रतिस्ठान प्रति हालका प्रदेश तथा संविध सरकारको ध्यान कम भएको महसुस गरेका छौं। साथै यो पतिष्ठानको कार्यदसला बढाउन स्तर उन्नति गर्ने बीका अड्डी सुलभ बनाउन सहयोग नगैरहेकोमा हाम्रो पार्टी सबै स्तरका सरकार प्रतिस्ठान व्यवस्थापन लगा खबरदारी गर्न चाहन्छौ र पार्टीको तर्फबाट गर्नु पर्ने पहान सहयोग वा जनस्तरमा गर्नुपर्ने धर्षको नजित्ती गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौ।
३ नगर भित्रको शान्ति सुरक्षा ब्यबशायीहरुको हित, सार्बजनिक तथा निजि सम्पतिहरुको समक्षण नदि तथा बाटाघाटाहरुको समक्षण तथा बिकासमा हामी पार्टी सबै संग हातेमालो गरेर अघि बढ्ने नगरको सरसफाई सुन्दरता र सास्कृतिक पहिचानलाई अझै स्थापित गर्न योजना बनाएर सबै सदस्य परिचालन गर्ने छौं। विकासका अधुरा कामलाइ पूर्णता दिन नगर प्रदेश र संघिय सरकारलाई जनस्तरमा खबरदारी गर्नेछौं।
४ नगर भित्र र आसपास अएका बनहरुको समंक्षण उपयुक्त स्थानमा ब्रिक्षारोपण गर्दै बाताबरण समक्षणमा हामी कर्तब्य पुरा गर्नुका साथै नगरबासी जनतालाई कृषि तथा बन दुवैमा योगदान हुने गरी आफ्नो घर आगनलाइ हरियाली बनाउन अपील गर्दै आवश्यक सहयोग गर्ने पनि प्रतिबद्धता ब्यक्त गर्नुका साथै स्याउ किसानले गरेको स्याउको बिना प्राप्त नगरेको परिस्थितिमा पिडित स्थाउ किसानलाइ उनीहरुको बिमा प्राप्त गर्न योजना बनाएर सहयोग गर्नेछौं।
५ हामी सुन्दर खलङ्गा नगर तथा सबै वोडाहरुको फरक फरक बिशेषतालाइ स्थापित गर्न अभियान निर्माण गरिनेछ र समयमा सुन्दर जुम्ला नगरलाइ विकास तथा समिद्दीको अर्को उचाइमा पुर्याउन सबैसंग सहकार्य गर्दै आगामी चुनावमा सबै ओडाहरुमा हाम्रो पार्टीलाई बिजयी बनाएर सिंगो नगरपालिकामा हाम्रो झण्डा सजाउदै जनताको नगर’ना स्थापित गर्न हाम्रो नगर कमिटि प्रतिबद्ध र सक्षम हुनेछ अन्ने बिस्वास पनि आदरणीय जनतालाई दिन चाहन्छौ।
६ हामी जिल्ला, प्रदेश र केन्द्र पार्टीको निर्देशन र जनताको अगुवाईमा तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन योजना निर्माण गर्दै संधर्ष संगठन, प्रचार तथा उत्पादन सम्बन्धि योजना बनाइ जनताको सेवामा दिनरात खट्ने प्रतिबद्दता गर्दछौं।