प्रतिष्ठानका ल्याब टेक्निसियन बुढा माथी हातपात :डिउटीमै कुटिदा पनी जिम्मेवारी निकाय मौन

                                         फाइल फोटो

जुम्ला :कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ल्याब टेक्निसियन पाँचौ तहमा कार्यारक्त सन्तोष बुढा माथी हातपात भएको छ । हुम्लाको ताँजाकोट गाउँपालिका ५ घर भएका भएका सन्तोष जेष्ठ २०८२/२/१ गते बाट प्रतिष्ठानको ल्याब टेक्निसियन पाँचौ तहमा हाजिर भएका थिए ।उनी सोमबार दिउसो १२ बजे डिउटीमा  सन्तोष बुढालाई चन्दनाथ नगरपालिकी ३ घर भएका ल्याब असिस्टेन्ट चौथो तहको कार्यरत्त नहकुल तिमिल्सेनाले मुक्का प्रहार गरी वेहोस बनाएका थिए ।

पीडित सन्तोका अनुसार आफु काम गरिरहेको बेलामा एक्कासी आएको सेरोलोर्जि सेस्ट हाल भनेका थिए । म काम गर्दै छु हुन्छ पछि गरौला भन्नेको थिए। मितिल्सेनाले मलाई ओई तँ कसको ठाउमा आएको छस भनि ज्यान मार्ने धक्की दिएका थिए ।

त्यसको केही बेर पछि उनले मालाइ थाहा नपाउने गरी पछाडी बाट गालामा मुक्का प्रहार गरे ।म वेहोस भएर ढले पछि हातेले हानेको बताए । उनको बाँया कानको भाग सुनिएको छ ।उनका अनुसार मेरो घर हुम्ला हो म एउटा इमानदार तरिकाले उपचारमा आएका बिरामीको उपचार गर्दै बसेको थिए । उल्टै बिना कारण तँ कसको ठाउँमा आएको छस,भन्दै म माथी कुटिपिट गरेको प्रति दुख ब्यक्त गरे । उनले यसरी जो जस्थाको डिउटी मै कुटिएको छु, तर पनी समे गुनोसो अहिले सम्म सुनाइ भएको छैन ।

सोमबार १२ तिरको घटना हो ।तर अहिले सम्म कुनै वास्ता गरीएको छैन ।उनले घटना भए लगत्तै सबैलाई खवर गरेका बताए ।नहकुल तिमिल्सेनाले जहिले पनी डिउटीमा पोसाक बिना आउने धक्काउने गरेको उनको आरोप छ । सन्तोष बुढाले जिल्ला प्रहरी कार्यायल जुम्ला निवेदन लिएको गएको बताए ।उनले प्रहरीको अगाडी उनले माफि मागे जस्तो गरे पनी साँझ तिर अरु केटालाई समेत बोलायर ज्यान मार्ने धम्की दिएकोले आफ्नो ज्यान खतरामा रहेको बताए ।

त्यस्तै निमित्त उपकुलपती डाक्टर डब्बल बहादुर धामीले म संग जानकारी नआएको बताए ।उनले तल्लो निकायहरुमा अरु तह छन ।त्यहा कुरा मिल्न नसकेको खण्डमा म कहाँका आउँनले बताए ।उनले प्रतिष्ठानको नियम अनुसार गलत गर्नेलाई कारबाही हुने बताए ।

त्यस्तै प्रष्ठिानका निमिक्त निर्देश डाक्टर रविन खापुङले दुबै जना बिच झगडा गरेको कुरा सोम बार ढिला थाहा पाएको बताए ।उनले हामीले दुबै पक्षको कुरा सुनेर समस्या समाधान गरिने बताए ।प्रष्ठिानका एक कर्मचारीका अनुसार नहकुरल तिमिल्सेनाले अरु कर्मचारीलाई सम्मेत राम्रो ब्यवहार नगरेको गुनासो गरे ।उनले प्रतिष्ठान जस्तो स्ंथामा बसेर आफु भन्दा तल्ला तहका कर्मचारीलाईपटक पटक रबैया देखाउने गरेको बताएका छन । यस पटक सन्तोष बुढालाई दुब्यवाहार गरिएको छ ।

यता नहकुल तिमिल्सेनाले भने त्यस्तो केही पनी होइन ,इमेरन्जी एउटा वटिमा जाने थियो त्यसलाई पहिला राखिदेउ भनेको थिए ।उनले मानेनन, अटेरी गरे ।मैले काम गरेको सात आठ वर्ष भईसेको उसले मलाई के काम गरु भनेर सोधेर काम पर्छ । मैले किन गरेको भन्दा भनेको नमानेर पछि दुबै पक्ष बिच कुटपीट भएको हो ।यो आन्तरिक बिषयमा हो तर प्रहरीमा छलफल गरि आएको छु। प्रष्ठिानले प्रहरी पठाउनु हन्थेन ।मैले ज्यान मार्ने कुनै किसिमको धम्की दिएको छैन ।कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रशासनले यस बिषयमा छलफल गर्ने बताएका छ ।