वर्षाका कारण तातोपानी ७ सर्मि गाउका पाँच घरमा क्षेती
जुम्ला :जुम्ला बिहिबार दिउसो आएको वर्षाका कारण जुम्लाको तातोपानी गाउँपालिका ७ वडामा पर्ने सर्मि गाउमा क्षेती पुगेको छ । दिउसोको समयमा आएको २० मिनेट जतिको भारी वर्षाले पाँचवटा घरको छतमा रहेको पुरै माटो बगाएको हो ।
स्थानीय पहलमान कुंवरका अनुसार पदम बहादुर कुंवर,बिष्ण कुंवर, बिमला डाँगी, पहलमान कुंवर र लालु कुंवरको घरमा क्षेति पुगेको छ ।उनका अनुसार एक्कासी भारी वर्षा हुदा पुर्वको घट्टे खोला,पश्चिमको मेल खोला र उत्तर तर्फको भुरिचुल्ला साइट बाट ठुलो पानी परेको हो। उनले उक्त पानीका कारण पाँचवटा घर भित्र पानीको ताल परेकोले बस्न सकिने अवस्था छैन । घरको छतमा रहेको माटो पानीले बगाएपछि काठको दारमात्रै रहेका छन ।
उनीहरुका अनुसार खानेपानीका पाइपलाइन बगाउदा खानेपानी समेत अबरुद्ध भएको छ । भनेधान रोप्ने समयमा रोपाइ गर्ने सिचाइ कुला समेत बगाएको छ ।स्थानीयका अनुसार त्यहा सर्मि गाउँको माथीबाट भुरिचुल्ला मालीका जानको लागी सडक काटिएको छ ।
त्यही कच्ची सडक काटेर फालेको माटो र सना ढुङगा सहितको बाढीले गाउ जोखिममा परेको छ । स्थानीय पहलमानले भने,‘गाउमा लगाएको प्याज, लसुन,लगायत सबै बालीनालीमा माथीबाट आएको माटोको लेदोले पुरिदिएको छ ।उनका अनुसार जस्तो त्यो पानी निरणतर रुपमा १० मिनेट बढी परेको खण्डमा गाउनै बगाउछ जस्तो लागेको थियो । तर केही बेरमै पानी रोकियो गाउँ जोगियो।
उनले त्यही पानीका कारण खेत रोप्नका लागी राखेको २० वटा भन्दा बढी बेर्नमा रहेको बिउ बगाएको छ ।रोपाइ गर्ने समयमा बिउनै बगाइदिए पछि सबै स्थानीयले चिन्तीत बनेका छन।उनीहरुले फोन मार्फत आफ्नो गाउको समस्या समाधानको लागी पहल गरिदिन सरोकारवालाई आग्रह गरेका छन ।
त्यस्तै तातोपानी ७ का वडाध्यक्ष तिलक बहादुर रावतका अनुसार पानीले सर्मि गाउँमा क्षेती गरेको जानकारी पाएको बताए । उनले कामको सिलसिलामा जुम्ला बजारमा रहेकोले शुक्रबार बिहानै सर्मिगाउमा जाने बताए ।उनका अनुसार केही घरमा पानीले क्षेती गरेको स्थानीयले बताएका छन । उनले नँया सडक खानेको ठाउँबाट बाढी आएको भन्ने जानकारी पाएको बताए ।