माओवादी अध्यक्ष प्रचण्ड जुम्ला आउँदै :जनजनमा माओवादी घरघरमा प्रचण्ड कार्यक्रम गरिने

जुम्ला: माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’जुम्ला आउने कार्यक्रम तय गरिएको छ ।यही ३० गते जनजनमा माओवादी घरघरमा प्रचण्ड भन्ने कार्यक्रम तयार गरिएको माओवादी केन्द्र जुम्लाले जनाएको छ ।
पाटीको सांगठनिक सुदृढकिरण तथा सुशासन सरोकारवाला (सांसु) कार्याक्रम गरिने भएको माओवादी केन्द्रका जुम्ला जिल्ला इन्चार्ज नरेश भण्डारीले बताए । उनका अनुसार ३० गते चन्दननाथ नगरसमितिको अधिवेशन ,म पढ्छु स्कुलिङग कार्यक्रम , सपथ महासंकल्प ,सहभोज ,फोटोसेशन ,शक्ति प्रदर्शन तथा बधाइ ज्ञापन लगायतका कार्यक्रम गरिने छ ।

प्रचण्ड जुम्लामा पुगेर स्थानीय जनताको समस्या सुन्ने र समाधानको बाटो खोज्नका लागी प्रत्यक्ष सहभागिता मार्फत जनताको मनोविज्ञान बुझ्ने प्रयास हुने छ ।पछिल्ला पार्टीको आगामी एजेन्डा र प्राथमिकता जनता समक्ष पु¥याउने,माओवादी केन्द्रले आफ्ना पुराना आधार क्षेत्रहरूमा पुन पकड जमाउने रणनीति बनाएको देखिन्छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यस अघि २०८१ साल कात्तिक ५ गते सिञ्जा क्षेत्रको कनकासुन्दरीमा आयोजना गरेको जनसभालाई सम्बन्धन गर्न पुगेका थिए । माओवादी केन्द्र जुम्ला इन्चार्ज नरेश भण्डारीका अनुसार प्रचण्ड फेरी ’जनताका चाहना बुझ्न, र जनतालाई आह्वान जुम्ला आउने बताए ।