जुम्लाको प्रतिष्ठानकाे बैशाख १२ गते हुने करार परिक्षा समितिकाे संयोजकबाट हमालकाे राजिनामा

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको करार कर्मचारीको बैशाख १२ गते ९आज० हुने परिक्षा समितिको संयोजकबाट दिपेन्द्र हमालले राजिनामा दिनुभएको छ ।बिहीबार बैशाख ११ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालिन उपकुलपति मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतले पावरको व्यापक दुरुपयोग गर्दै संस्थाको आधारभूत नियमको पालना नगरी कानुन विपरित आफ्ना मान्छेहरुलाई सेटिङ्ग गर्न करार कर्मचारीहरू भर्ती गर्न खोजेको भन्दै समाचार प्रकाशन भएपछि राजिनामा दिएको बुझिएको हो ।तत्कालिन उपकुलपति रावल र रजिष्ट्रार महतले स्थायी पद र करार पदमा पदहरु दोहोरिनु लोकसेवा आयोगको परिक्षामा आफना मान्छेहरु नपर्ने त्रासले नयाँ पदको सृजना गरी सेटिङ्ग गर्न खोजिएको भन्दै अहिले सर्वत्र विरोध भइरहेको छ।

प्रतिष्ठानमा असिस्टेन्ट प्रोफेसर समेत रहेका परीक्षा संयोजक हमालले स्वास्थ्यको कारण देखाएर राजिनामा दिए पनि सेटिङ्गमा परीक्षा लिन लागेको समाचार प्रकाशन भएपछि राजिनामा दिएको प्रशासन एक कर्मचारीले बताउनुभयो ।

प्रतिष्ठानले सेटिङ्गमा परीक्षा लिएर आफ्ना कर्याकर्ता भर्ति गर्न खोजेको भन्दै मिडियामा समाचार आएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेलले प्रतिष्ठानका रजिस्ट्रार महतलाई टेलिफोन गरी बुझ्न खोज्दा रजिस्ट्रारले म जाँदै गर्दा मेरा कार्यकर्ता भर्ति गरेरै जान्छु, परीक्षा रोकिदैन भन्ने जवाफ दिएको एक कर्मचारीले बताउनुभयो ।

प्रतिष्ठान स्रोतका अनुसार रजिस्ट्रार महतले जबर्जस्ती आजै २ बजे परिक्षा गराउन खोजेको बुझिएको छ । परिक्षा समितिको संयोजकको बारे भने अहिलेसम्म टुङ्गो नलागेको बताइएको छ ।