दुबईबाट नेपाल आउदै भनिएका जुम्लाका ललितजंग सार्की १ महिना देखि सम्पर्क विहीन परिवार चिन्तित
जुम्ला : जुम्लाका ललितजंग सार्की दुबईबाट नेपाल फर्किने भन्दै एक महिना देखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेका छन्। परिवारका सदस्यहरूले उनले नेपाल फर्किनुअघि सम्पर्क गरेका थिए । घरपरिवारले एक महिना बिति सक्दा पनी अहिलेसम्म कुनै खबर नआएको बताएका छन्। फोन तथा अन्य सञ्चार माध्यमबाट सम्पर्क गर्ने धेरै प्रयास गरे पनि सफल हुन नसकेको बताएका छन ।
जुम्लाको तिला गाउँपालिका ३ का ललितजंग सार्की रोजगारीका सिलसिलामा ४ वर्ष अघि दुबई गएका थिए। उनले २०८१ फागुन ५ गते साँझ नेपाल फर्कने तयारीमा रहेको भन्दै परिवारलाई खबर दिएका थिए,। तर त्यसपछि उनको अवस्थाबारे कुनै जानकारी छैन।
जुम्लाको तिला गाउँपालिका ३ का अन्दाजी २२ वर्षीय ललितजंग सार्की एक महिना देखि सम्पर्क बिहीन भएको आफन्तहरुले बताएका छन २०८१ फागुन ५ गते दुबईको एर्पोटबाट नेपाल फर्किदैछु भनेर फोन सम्पर्क गरेका सार्की हाल सम्म पनी सम्पर्कमा नआएका हुन ।
जुम्लाको तिला गाउँपालिका ३ सार्की वडाका ललितजंग ४ वर्ष अघि देखि रोजगारीको सिलसिलामा दुबईमा रहेको उनकी आमा कालु साकीले बताइन । उनका अनुसार छोराले फागुन ५ गते आमा म आज नेपाल फर्किन लागेको भनेर फोन गरेको बताइन ।आमाले भनिन,त्यस पछि कुनै अतोपतो छैन ।हामीलाई कुन कम्पनी के काम गर्थे कुनै जानकारी भएन । हामी पढेलेखेका नभएकाले केही कुरा थाहा भएन छोरा बिदेश कमाउन गएको हो भन्ने मात्रै भयो ।
हामी सोझा नागरिक भएकाले छोराको खोजी कार्यको लागी काहाँ के गर्नु पर्छ कुनै जानकारी छैन ।छोरा बिदेशबाट घर आउने आशामा बाटो कुरेर बसेका घरपरिवार एक्कासी सम्पर्क बिहीन भएपछि चिन्तित बनेका छन ।उनीहरुले एक महिना देखि बेपता भएका २२ वर्षका छोराको खोजीकार्य गरिदिनका लागी सरोकारवाला निकायलाई आग्रह गरेका छन ।
आमा कालुका अनुसार छोराले २०८१ फागुनको ५ गते साँझा ७ बजेको जहाजको छ भन्दै टिकट देखाए । उनले सो कुरा आमा संग दिउसोको १ बजे तिर भिडियो कल मार्फत गरेका हुन । छोराले आफै टिकट म्यासेजमा पठाए। हामी छोरा आउँछ भन्दै कुरेर बसेका थियौँ । एक हप्ता सम्म फोन आएन हामी आतेर गाउँका जान्ने सुन्नेलाई खवर गरेउ । हामीलाई बिदेशबाट नेपाल आउछु भन्दै बेपता भएका छोरा कहाबाट खोज्ने कुनै अतोपतो छैन ।
आमाले भगवान पुकार गर्दै भनिन, कुन मेनपावर बाट गएका हुन थाहा छ्रैन । सक्नु हुन्छ भने,तपाईहरुले हाम्रो छोराको खोजी कार्यगर्न लगाइ दिनुहोस । सम्बन्धित निकाय तथा वैदेशिक रोजगारसँग जोडिएका संस्थाहरूलाई उनको खोजी प्रक्रिया अघि बढाउदिन हुने परिवारहरुले हारगुहार गरेका छन ।