कर्णाली प्रदेशका तिन वटा मन्त्रीले गरे बिकासे योजनाको अनुगमान ।
जुम्ला ः कर्णाली प्रदेशबाट जुम्लामा संञ्चालन भएका बिकासे आयोजनाको अनुगमान गर्न तिन वटा मन्त्रीको टोली जुम्ला पुगेको थियो । प्रदेशबाट संञ्चालित योजनाहरु प्रभावकारी बनाउन र योजना कयान्वयका लागी भएका समस्या न्युनिकरण गर्नका लागी तिन बिभागिय मन्त्रीको टोली जुम्ला पुगेर फर्केको हो । कर्णाली प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी , समाजिक बिकास मन्त्री दल रावल , भुमि ब्यवस्था तथा कृर्षि सहकारी मन्त्री बिमला केसीको टोली बिकासे योजनाहरुको अनगमान गर्न जुम्ला पुगेको हो ।
जुम्ला पुगेका तिन वटै मन्त्री प्रत्यक्ष योजना स्थलमा पुगेर किसान संग छलफल व्यस्त थिए । उनिहरुले आमा नागरिकका समस्या र समाधानका बिषयमा छलफल गरेकी हुन । तिनवटै मन्त्रीहरु आ,आफ्नो मन्त्रालयबा संञ्चालित बिकास निमार्णका काम प्रभावकारी भएनभएको बारेमा अनुगमान गर्न स्थलगत स्थानमै पुगरेका थिए । नागरिकको घरदैलोमा मन्त्रीको टोली पुगेको बेला जुम्लाका नागरिकले आफ्ना माग र गुनासा राखेको थिए । सबै भन्दा बढी सिजा क्षेत्रका स्थानियले जग्गाको कारोबार गर्न परेको खण्डमा हप्तौ दिन लगाएर जुम्ला,खलंगामा पुग्नु पर्ने बाध्यता रहेकोले मालपोत कार्यालय स्थापना गर्न माग राखेको छन । मालपोत कार्यालयको लागी पहल अगाडी बढाइ दिन मन्त्री केसी मार्फत अनुरोध गरेका हुन । तिनबटै मन्त्रीले ,सिजा , कनकाशुन्दरी , हिमा , गुठिचौर, पातारासी र चन्दननाथ नगरपालिकामा सञ्चालित योजनाको अनुगमन गरेका छन ।








