ग्रमिण बस्तीमा सूचनाको पहुँज पु¥याउन प्रदेश सरकारलाई पत्रकारमहा संघको माग ।

दिलमाया शाही
कर्णालीका दुर्गम बस्ती स्तरमा सचनाको पहुँज पु¥याउन कर्णाली प्रदेश सरकारलाईनेपाल पत्रकार महासंघ जुम्लाले आग्रह गरेको छ । जुम्लाका पत्रकारले प्रदेश सरकारलाई जिल्लाका मोफसलका मिडियमा सूचना तथा सञ्चार क्षेत्रमा जोड दिई बस्ती स्तरमा सुचनाको पहुँज पुर्याउन माग गरेका हुन । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल, कर्णाली सरकारका प्रवक्ता भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री बिमला केसी मार्फत जुम्ला पत्रकार महासंघले कर्णाली सरकारको सन्देश मुलक तथा अन्य विकासका सूचना जिल्ला जिल्लामा पठाउन अनुरोध गरेको हो।
जुम्लामा गरिएको पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले सूचनाको पहुँज जिल्ला स्तरमा पुर्याने सुझाव ग्रहण योग्य भएको बताए । उनले भने यो बिषयमा प्रदेश सरकारले अबका दिनमा जोड दिने छ । मन्त्री भण्डारीले प्रदेश सरकारले गरेका कामहरुको फिल्डमै अनुगमनका लागि आफुहरुको टोली जुम्ला आएको बताए । सामाजिक विकास मन्त्री दल रावलले पत्रकाहरुले उठाएका जिज्ञासा मेटाउदै विकासमा त्रुटि भएका बिषयमा आफुहरुको ध्यान आर्कषण भएको बताए । उनले भने आगामी दिनेमा यस्तो खालका त्रुटी सुधार्नेमा जोड दिए । उनले दुर्गम क्षेत्रका संचारमाध्याममा सूचनाको बृद्धि गर्न प्रदेश सरकार सकारात्मक रहेको प्रतिबद्धता गरे ।

जिल्लाका कृक्रियाशिल पत्रकारले प्रदेश सरकारका प्रवक्ता भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीलाई समेत पत्रकारहरुले सूचना तथा संचार क्षेत्रको पूर्वाधार जिल्लाका मोफसलका मिडियालाई प्रर्बोधन गर्ने संचार कार्यक्रम ल्याउन माग गरेका थिए । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष बरमबहादुर महतले भने सरकारले गरेको रहेक गतिबिधि पत्रकार महासंघ सँग समन्वय सहकार्य हुनुपर्ने कुरामा जोड दिएका छन । उनले पत्रकार महासंघमा सूचनामैत्री पूर्वाधार सहित जिल्लामा सूचनाको पहुँच बढाउन अनुरोध गरेका हुन । पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष नेत्र शाहीले दुर्गममा संञ्चालित मिडियाको र राजधानीमा संञ्चालित भएका मिडियाको अध्ययन गरि सूचना सन्देशमा जोड दिन अनुरोध गरेका छन ।

जिल्लामा कार्यरत्त पत्रकार महासंघहरुलाई सूचनामैत्री पूर्वाधारमा सहयोग गर्न प्रदेशसरकारलाई सूझाव दिएका छन ।यसै बिच उद्योग बाणिज्य संघको हलमा भएको पत्रकार सम्मेलनमा जिल्ला प्रशासन कार्यालयले “प्रशासन सूधार योजना २०७७” प्रस्तुत गरेको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले ५२ वुद्धे सुधार योजना प्रदेश सरकारलाई सुनाउदै कार्यान्वयनका लागि आवश्यक सहयोग गर्न अनुरोध गरेका छन । प्रजिअ थापाले भने प्रशासनले बनाइएको सुधार योजनामा प्रशासनका सेवा तथा दस्तावेजलाई डिजिटलाईजेशन, जिल्लाका सरकारी कार्यालयमा हेल्प डेस्क, अपांगता मैत्री कार्यालय, डिजिटल टोकन प्रणाली सहित शान्ति सुरक्षा र कोभिड १९ विरुद्धको रोकथामका बिषयहरु समेटिएका छन् ।