चन्दननाथ मन्दिरको चोरी भएको दाहिने शंख ओडारमा भेटियो ।
दिलमाया शाही
चन्दननाथ मन्दिरको चोरी दाहिने शंख भेटिएको छ ।जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर १० बोहोरा गाउँको खोलापाने स्थानको एक ओडारमुनि भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराइका अनुसार अनुसन्धान गर्दै जादा पक्राउ परेका एक जना व्यक्तिको सहयोगमा दाहिने शंख लुकाएको स्थान पत्ता लगाईएको हो । उनका अनुसार रातो प्लाष्टिक भित्र सेतो प्लाष्टिक र सेतो प्लाष्टिक भित्र फाईवरको क्वालिटी रंगको झोलामा बेरेर राखेको अवस्थामा दाहिने शंख राखिएको भेटिएको छ ।
प्रहरीले चार दिन अघि चन्दननाथ नगरपालिका १० का स्थानीय सुशील बिष्टको खेतमा सुकेको घाँसमा लुगाइएको अवस्थामा दुई मुर्ति भेटिएको थियो । प्रहरीले आसंकामा बिष्टसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।पक्राउ परिएका मध्य एक जनाको बयान अनुसार दायाँ शंख भेटिएको प्रहरी निरीक्षक भट्टराईले बताए । बि.सं २०७३ साल मंसिर ११ गते मूर्ति चोरी भएकोे थियो । सबै भन्दा ठूलो १८ केजीको चाँदीको मूर्ति गत २०७६ माघ ६ गते चन्दननाथ नगरपालिका १ दानसाँघुको खेतको आलीमा वेवारिसे अवस्थामा फालिएको भेटिएको यो ।चन्दननाथ मन्दिरको चोरी भएको मुर्तिहरु एक पछि अर्को गर्दै खेतको आली,जंगल, ओडार र सुकेको घाँसमा फेला परेका हुन । मूर्ति चोरी घटनाको वस्तृत अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।








