जुम्ला :जाजरकोटको नलगाड नगरपालिका ४ वडामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । बालबिवाह रोक्नका लागी विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ हो । वडा कार्यालयले सूचना जारी गर्दै नलगाड नगरपालिका ४मा अधिकांश बाल विवाह हुने गरेको बताएको छ ।
वडाकार्यालयका अनुसार आ.व. २०८०÷०८१ मा मात्रै ३२ विवाहमा १६ विवाह बाल विवाह भएको तथ्यांक सार्वजानिक गरेको छ । भने अर्कोतर्फ बालमैत्री वडा घोषणा गर्नु पर्ने बताएको छ। यसका लागि बालविवाह शून्य भएको हुनुपर्ने छ । सो वडामा बाल विवाहको दर बढेदो क्रममा रहेकोले मिति २०८१÷०९÷२३ गतेको वडा बाल अधिकार समितिको निर्णय र २०८१÷०९÷२६ गतेको वडा समितिको निर्णय बमोजिम नलगाड नगरपालिका वडा नं. ४ मा जुनसुकै नागरिकले विवाह गर्नुपरेमा वडा कार्यालयको सिफारि अनिवार्य लिनका लागी सूचना प्रकाशित गरिएको छ।
त्यस्तै वडाध्यक्ष बद्री बहादुर पंन्तले उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या बढेपछि वडा कार्यालयले वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने अवस्था आएको बताए । उनका अनुसार नलगाडको ४ वडामा विवाह गर्नेेहरुका लागी सिफारिस अनिवार्यलाई कडाइका साथ लागू गरिएकोछ । उनले भने,कम उमेरमा विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा तथा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न सिफारिस अनिवार्य गरेको हो ।
नेपालको पछिल्लो कानुनी प्रावधानअनुसार विवाहका लागि केटा र केटी दुवैको उमेर अनिवार्य रूपमा २० वर्ष पुग्नुपर्छ। उमेर नपुगी गरिने विवाह स्वतः बदर हुन्छ वा यो विवाहले कानुनी मान्यता पाउँदैन। बरु बालविवाह गर्नेलाई अधिकतम ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै हुने ब्यवस्था छ