जन्म र मृत्यूमा चामल दिने कार्यक्रम प्रभाकारी:२० किलोबाट ३० किलो दिईदै
जुम्ला :कर्णालीमा सरकारले जन्म र मृत्यूमा दिने चामल जुम्लामा प्रभावकारी बन्दै गएको छ । चालु आर्थिक बर्षमा एक सय ८९ जनाले जन्म र मृत्यूमा चामल लिएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाका अनुसार चालु आर्थिक बर्ष २०८१।०८२ मा जन्ममा सेवा लिनेको संख्या १६४ र मृत्यूमा सेवा लिनेको संख्या २५ रहेको छ ।
कार्यालय प्रमुख मनोज जोशीका अनुसार २०८१ भदौ देखि ३० केजी वितरण गरिदै आएको छ । यस अघि २० केजी दिने गरिएको थियो ।हामीलाई गत्त भदौ महिनामा जानकारी आएपछि अहिले बढाएर ३० केजी चामलम जन्म र मृत्यूमा दिईरहेका छौँ।जसमा दुई लाख ९८ हजार नौसय ५० कोचामल वितरण गरिएको छ भने ८५ हजार पाँच सय ज्याला रकम समेत दिईएको छ ।
त्यस्तै कार्यालयका अनुसार आर्थिक बर्ष २०८०।०८१ मा भने ७९६ जनाले सेवा लिएका छन् । जन्ममा सेवा लिनेको संख्या ७३३ जना छन् भने मृत्यूमा ६३ जनाले सेवा लिएका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारको पालामा कर्णाली भरी सरकारले जन्म र मृत्युमा चामल दिने गरेको हो ।
वि.सं २०७३ सालमा कर्णालीमा जन्म र मृत्यूमा २० केजी निशुल्क चामल दिने कार्यक्रम पछिल्लो समयमा प्रभाकारी हुदै आएको छ । कार्यालयका अनुसार चामल लिन आउने लाई ज्याला समेत दिने सरकारको नियमानुसार काम भईरहेको छ । यस आर्थिक बर्षमा ३६ जनालाई रु एक हजारका दरले ३६ हजार, ७३ जनालाई पाँच सयका दरले ३६ हजार पाँच सय उपलब्ध गराईएको छ ।सरकारले यो कार्यक्रममा न्युन आय स्तर भएका वर्गका निम्ती सहयोग पुगेको सेवाग्राहीले बताएका छन ।