जुम्लामा रहेको रेडियो नेपालको रिले स्टेशन जिर्ण अबस्थामा


जुम्ला :नेपाल सरकारको मुखपत्रको रुपमा रहेको रेडियो नेपालको जुम्लामा रहेको रिले रिले स्टेशन जिर्ण अबस्थामा रहेको छ ।जुम्लामा२०५६ चैतमा स्थापना रिलेस्टेशन स्थापना भई १०३ मेगाहर्ज मर्फत परिक्षण प्रशारण सूरु भएको थियो ।
रेडियो नेपालले जुम्ला सहित कालिकोटको माथिल्लो भेग,मुगुको माथिल्लो भेगमा सेवा दिने उद्देश्यका साथ जुम्लामा स्थापना भएको थियो ।सो स्टेशन तत्कालिन जिल्ला विकास समिति हाल जिल्ला समन्वय समितिको भवनमा रहने गरि स्थापना भएको थियो ।

अहिले सो भवन जिर्ण अवस्थामा रहेकाले रेडियोको स्टेशन जेनतेन चलिरहेको छ ।रेडियो नेपाल जुम्लामा दुईजना कर्मचारी छन्। विहान ५ गते देखी राति ११बजे सम्म रेडियोको प्रसाणका कार्या सञ्चालन हुने हुदा जिर्ण भवन र साँघुरो ठाउँमा भएकाले कठिन भएको छ।

जिल्ला समन्वय समितिको जिर्ण भवन आगामी माघ अन्तीम साता तिर भत्काएर नयाँ निर्माण गर्ने तयारी गरिरहेको जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्याले बताए । उनका अनुसार त्यस पछि त्यो रेडियो नेपाल के गर्ने चिन्ता बढिरहेको छ ।प्रमुख गौरीनन्द आचार्यले जिल्ला समन्वय समितिको भवन नयाँ निर्माण हुने भएको र रेडियो नेपालको संरचनाका लागि बजेट आवश्यक रहेको छ। यस बिषयमा रेडियो नेपाल केन्द्र र प्रदेशले ध्यान दिनुपर्नेमा उनले बताए ।

त्यस्तै कर्मचारी धनलाल बस्नेताका अनुसार जिर्ण अवस्थामा रेडियो नेपाल सञ्चालन गरिरहेका छौ। मर्मतका लागि प्रदेश र केन्द्रमा पनि कुरा पुगिसकेको जानकारी दिए । २०५६ साल चैत महिनामा स्थापना भएको रिले स्टेशनको टावर पनि जिर्ण भएको छ ।
रेडियो नेपाल प्ररादेशिक प्रसारण कार्यालय सुर्खेतका प्रमुख अनुराधा थपाका अनुसार स्टेशन मर्मत गरिने बताइन ।उनका अनुसार नेपाल टेलिभिजन र रेडियो नेपाल मर्च भएकाले नयाँ भवन बनाउने बिषयमा तयारी भइरहेको छ । जुम्लालाई रिले स्टेशन मात्रै खस भाषाका कार्यक्रम वाचन गर्ने हुनुपर्ने माग हुदै आईरहेको छ । जुम्लाको रहेक देशका हरेक भु–भागमा रेडियो नेपालको पहुँच पु¥याउनु पर्ने सरकारको नीति अनुरुप स्थापना गरिएको भएपनी जुम्ला जिर्ण अबस्था रहको छ ।

 

सम्बन्धित समाचार