जुम्ला :राष्ट्रिय मानवअधिकार आयोग जुम्ला शाखा सुरक्षा गाडको भरमा रहेको छ । निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पाएका धनराज शाहीको गत्त भदौमा सरुवा भएर नेपालगञ्ज गए पछि सो कार्यालय सुरक्षा गाडको भरमा रहेको हो ।
सुरक्षा गाड कल्पना महताराले बिहान दश बजे कार्यालय खोल्छन, काम हुदैन । राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लंघनका घटनाहरूको अन्वेषण गर्ने ति समस्या समाधानका लागि कदम चलाउने ,व्यक्तिका अधिकारको उल्लंघन भएको छ भन्ने शंका भएमा अनुसन्धान गर्ने, आयोगले सरकारलाई र अन्य संस्थाहरूसम्म मानव अधिकार संरक्षणका लागि आवश्यक सिफारिसहरू र सुझावहरू पुर्याने, कानूनी ढाँचामा सुधारको लागि सल्लाह दिने,मानव अधिकारका विषयमा जनचेतना फैलाउने ,नागरिकलाई अधिकार र कर्तव्यका बारेमा जानकारी दिने लगायतका कुराधा प्रथामिकता दिनु पर्ने मुख्य काम हो ।
तर जुम्लामा रहेको राष्ट्रिय मानवअधिकार आयोग जुम्ला शाखा बिगत पाँच महिना देखी सुरक्षा गाडको भरमा थन्किएको छ ।पछिल्लो समयमा संघीयताको मर्मसँगै आयोगले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा प्रदेश कार्यालय स्थापना गरेको छ ।
त्यस पछि जुम्लामा रहेको कार्यालय एक सुक्षा गाड र एक निमिक्त कार्यालय प्रमुखको रुपमा खुम्च्याईएको थियो ।२०८१ साल भदौ महिना बाट त्यहाका कर्मचारीलाई सरुवा गरी अन्तै पठाएको पाँच महिना बिति सक्दा पनी कुनै कर्मचारीको ब्यवस्था नगरिएको जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले बताए ।उनले भने,‘राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयका अध्यक्ष तपबहादुर मगर सचिब मुरारि प्रसाद खरेललाई संयुक्त रुपमा भेटेर तत्काल कर्मचारी ब्यवस्थापन गर्न माग पनी गरेका हौँ । उनका अनुसार सचिब र अध्यक्षले हामी जुम्लामा रहेको मानव अधिकार आयोगको कार्यालयलाई मुगु र जुम्लालाई हेर्ने ब्यवस्था गरी कर्मचारी छिट्टै ब्यवस्थापन गर्ने भन्नु भएको थियो ।
तर उहाँहरुले हाम्रो जुम्लाबाट ध्यानाकर्षण गराउन गएको टिमलाई पटक, पटक,प्रतिबद्धता जाहेरगरे पनी पाँच महिना सम्म एउटा सुरक्षा गाडको भरमा कार्यालय रहनु दुखत पक्ष हो । प्रमुख आचार्यका अनुसार यस अघि मानव अधिकार आयोगका जुम्ला कार्यालय प्रमुखको जिम्मेवारी पाएका धनराज शाहीको सरुवा भएर नेपालगञ्ज जादाखेरी जिल्ला समन्वय समितीले ब्यवस्था गरेको भवन भित्र उक्त कार्यालय रहेकोले सबै सामानहरु रोवरमा रोखेर जानु भएको थियो।
तर पछि हामीलाई जानकारी नगरी, ल्यापटब , मोटरसाईकल,मोबाइल लगायतका आबश्यक समान सुर्खेतबाट कर्मचारी पठाई लिईसकेको खवर पाइएको छ ।उनले भने,‘अहिले सम्म यो कार्यालयको कुनै अतोपतो नभएकाले आउने माघ महिनाको अन्तिम तिर समन्वय समिती त्यो भवना भत्काई नयाँ भवन बनाउने तयारी छ । उक्त कार्यालय भित्र रहको मानब आधिकार आयोगको समानको जिम्मेवार को हुने कुनै अतोपतो छैन ।समग्र रुपमा राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको उल्लंघन हुन नदिन र मानव अधिकारको सम्मानको लागि काम गर्ने कार्यालय नै आफै अस्तब्यस्त अबस्थामा रहेको छ ।
त्यस्तै राष्ट्रिय मानवअधिकार आयोग जुम्ला शाखाका सुरक्षा कल्पना महताराले यो कार्यालय सुर्खेत मार्फत चलेको बताईन ।उनले भनिनि,‘म सामान कुरेर बसेकी छु।कार्यालय समयमा ढोका खोल्ने र बन्दा गर्ने काम मात्रै गर्छु । बेला वेला यस कार्यालयमा गुनासो बोकेर आएका नागरिकहरुलाई कर्मचारी छैनन,भनेर फर्काउ छु । सेवा लिन आउनेहरुले कहिले आउछन कर्मचारी भनेर सोध्नु हुन्छ । मेरो काम कार्यालय कुरेर बस्ने हो । ,मलाई कर्मचारी आउने नआउने बिषयमा कुनै जानकारी छैन। आफु सानो तहको कर्मचारी भएकाले सेवा लिन आएकालाई अरु कर्मचारी छैनन््् भनेर फर्काउने बाहेक अरु उपाय मेरो छैन ।
त्यस्तै राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयका प्रवक्ता डा.टीकाराम पोखरेले जुम्लाको मानव अधिकार आयोगको कार्यालय संञ्चालनको लागी अर्थ मन्त्रालयमा पठाएको बताए ।उनका अनुसार अर्थ मन्त्रालयले स्वीकृत गरेको छ्रैन ।उनले भने,‘हामीले जुम्लामा रहेको कार्यालय बन्द गर्ने कुरै हुदैन ।उनले अर्थ मन्त्रालयमा संगठन समरचना संञ्चालनको लागी पठाएका छौँ ।सरकारले मानव अधिकार आयोगको कार्यलाई ढिला सूस्ती गरेको छ । हामी जुम्लाको कार्यालय संञ्चालनको निम्ती पहल गरिरहेका छौँ । जुम्लामा रहेको कार्यालय हटाउने मानसिकतामा आयोग छैन । सबै क्षेत्रबाट उक्त कार्यालय नहटाउने भनेर पटक पटक ध्यानाकर्षण पनी भइरहेको छ ।
लामो समय देखी जुम्लामा रहेको आयोगको कार्यालय कर्मचारी बिहीन हुदा मानव अधिकार उल्लंघन भएका घटनामा आवाज उठ्न छोडेको महिला अधिकार कमीहरुले बताउदै आएका छन । उनीहरुका अनुसार दिन प्रति दिन जुम्लामा महिला तथा बालवालिकाहरु माथी भइरहेको मानव अधिकार उल्लंघनका समस्याहरूको समाधानका लागि जुम्लामा मानव अधिकार आयोगको कार्यालय आबश्यक हरेको छ ।यस अघि जुम्लामा रहेर आयोगले पीडित व्यक्तिहरूलाई राहत र सहयोग उपलब्ध गराउने कार्य गर्दै आएको थियो ।