अखिल क्रान्तिकारीमा उमेर हदबारे छिनोफानो गर्न जुम्लामा मतदान (फोटोफिचर )


जुम्लाः नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा देशभर झै जुम्लामा पनी मतदान भएको छ ।


अखिल क्रान्तिकारीको नेतृत्वमा ३२ वर्षे उमेर हद तोक्ने कि नतोक्ने भन्ने विषयमा निर्वाचनबाट छिनोफानो गर्न लागेको हो ।अखिल क्रान्तिकारीको संगठनात्मक संरचना, भौगोलिक र गैरभौगोलिक गरी जुम्ला सहितका ८६ वटा जिल्लामा मतदान केन्द्र तोकिएको थियो ।


मतदान गर्ने समय बिहान ११ बजेबाट सुरु भएको जुम्ला जिल्लाका प्रमुख मतदान अधिकृत भुवन बहादुर रोकायाले बताए ।गत्त असोज १०–१५ सम्म भएको सम्मेलनमा उमेर हदको विवादले उग्ररुप लिएपछि स्थगित भएको थियो ।


जुम्लाको बहृमुखी क्याम्पसमा भएको माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको मतदान केन्द्रमा प्रमुख मतदान अधिकृत भुवन बहादुर रोकाया ,मतदान अधिकृत, जयशंकर धिताल र जगत बहादुर खत्री रहेका थिए ।

यसकारण यस पटक देशभर दवाव र प्रभावमा नपरी निर्देशित जनवाद होइन उच्च जनवाद प्रयोग गरेर संगठनले प्रदान गरेको यो ऐतिहासिक अवसरको सहि सदुपयोग गर्न उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा मतदानले टंगाउने भएको नेकपा माओवादी केन्द्र जुम्लाका जिल्ला संयोजक नवराज न्यौपाने (बिमुखले )ले बताए ।उनका अनुसार प्रतिनिधिहरु आफ्नो विवेक प्रयोग गर्न सक्षम र योग्य भएकै कारण अखिल क्रान्तिकारीको नीति र नेतृत्वको फैसला गर्ने अधिकार छ प्राप्त गरेको हो । अखिल (क्रान्तिकारी) मा २८, ३० वा ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने भन्नेमा विवाद थियो ।

सम्बन्धित समाचार