जुम्ला : जिल्ला प्रहरी कर्यालय जुम्लाले सेवाग्रही सावारी साधान पार्किङको ब्यवस्था भएको छ । प्रहरीले आफ्नो कार्यालयमा सेवा लिन आउने सेवाग्रहीका सवारी साधन पार्किङको लागी यस्तो ब्यवस्था गरिएको हो।
जुम्लाका साघुँरो सडकमा सवारी साधन पार्किङ गर्दा समस्या हुने भएकाले सिमित स्रोत सादनका बिचमा रहेर दुइ पाङग्रे सवारी साधनको लागी पार्किङको ब्यवस्था गरेको जुम्लाका प्रहरी नायब उपरिक्षक छेदीलाल कामतीले बताए ।उनलेका अनुसार यसले गर्दा प्रहरी कार्यालयमा सेवा लिन आएकाहरुका सवारी साधन चोरी हुने डर हुदैन ।प्रहरीले आफ्नो कार्यालयबाट दिईने सेवालाई प्रभावकारी बनाउनका लागी पहिलो पटक पार्किङको ब्यवस्था गरिएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लामा सेवा लिन आउने पिडित तथा नागरीकहरुका लागी सवारी पार्किङ कार्यक्रमको उद्धघाटन जुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले गरेको थिए ।प्रजिअ शाहीले जिल्ला प्रहरी कार्यालय जुम्लामा सेवा लिन आउने पिडित एवं नागरीकहरुका लागी सवारी साधन पार्किङ निर्माण गर्नु राम्रो कार्य भएको बताए ।उनले प्रहरीको कार्यालयमा मात्रै होईन सावारी साधान ब्यवस्थापनको लागी जुम्लाका सेवा दिने सबै कार्यलयले गर्न जरुरी छ ।उनका अनुसार सेवामा सुधार र समाज रुपान्तारण भन्ने कुरा सबै मिलेर हुन्छ ।
त्यस्तै चन्दननाथ नगरपालिका ६का वडाध्यक्ष रबि थापाले प्रहरी गरेको सकरात्मक कुरामा सहयोग गर्ने बताए ।उनले केही समय पछि नगरपालिकाले सिसिटिभिको लागी टेण्डर गर्ने बताए । उनले जुम्लाको शान्ति सुरक्षाको लागी बसेको प्रहरीलाई सबैको तर्फबाट सहयोग गर्न आबश्यक छ । उक्त कार्याक्रममा राजनैतिक दलका प्रतिनिधि,स्थानिय , पत्रकार महासंघ लगायतको सहभागीता रहेको थियो ।