जुम्ला प्रहरीको महिला सेलमा स्तनपान र बालमैत्री कक्ष स्थापना


जुम्ला :जिल्ला प्रहरी कार्यालय जुम्लाले स्तनपान र बालमैत्री कक्ष स्थापना गरेको छ। प्रहरी कार्यालयमा सेवा लिन आउने महिला र बालवालिकाका लागी जिल्ला प्रहरी कार्यालय जुम्लाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र (महिला सेल) मा स्तनपान र बालमैत्री कक्ष स्थापना गरिएको हो ।

प्रहरी कार्यालयले बालवालिकाका आबश्यक खेलाउन सहितका बालमैत्री कक्ष स्थापना गरेको प्रहरी नायब उपरिक्षक छेदीलाल कामतीले बताए ।उनका अनुसार महिला सेलमा यस आर्थिक वर्षमा ४३ वटा महिला हिंसाका र पाँच वटा बालवालिकालाई हिंसा भएको घटना दर्ता भएका छन ।उनले भने,‘स्तनपान कक्ष, बालनिगरानी कक्ष र बालमैत्री कक्षको स्थापना भैसकेको छ।


त्यस्तै चन्दननाथ नगरपालिकाका उपमेयर रामदेवी खड्काले नगरपालिकाले स्तनपान कक्ष स्तापना गरेको बताईन । उनले भनिन, ‘हामी संग जोडिएका महिला र बालवालिकाका मुद्दाहरुलाई प्रभावकारी रुपमा कार्यान्वय गर्नका लागी तयार रहेको बताइन ।उनले बढ्दै गरेका महिला हिंसा न्युनिकरणका लागी लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानमा मात्रै नभइ सधैभरी लागी पर्ने बताइन ।

त्यस्तै तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बढाले महिला र बालवालिकाका क्षेत्रमा भने अनुसार काम गर्न नसकिएको बताए ।उनले भनिन, आगामी दिनमा महिला र बालवालिकाका क्षेत्रमा थप कार्यक्रम जोड दिने बताईन ।

त्यस्तै सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी ऐन २०७५’मा सरकारी, गैरसरकारी, निजी सङ्घ संस्थाले आ–आफ्ना कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दुध चुसाउन छुट्टै कोठाको व्यवस्था गर्नुपर्ने प्रावधान रहेको छ ।

सम्बन्धित समाचार