जुम्लाका ८ वटै स्थानीय तहलाई विपद् प्रतिकार्य योजना तयार गर्न जिल्ला प्रशासन कार्यालय जुम्लाले आग्रह गरेको छ ।जुम्ला हुने हिमपात लगायतका ’विपद् जोखिम न्यूनीकरण यस्तो आग्रह गरेको हो ।
सबै स्थानीय तहले विपद् प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याउन आबश्यक रहेको जुम्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले बताए । उनका अनुसार जिल्ला बिपद ब्यवस्थापना समितिको बैठक बसी विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको समिक्षा गरिएको छ । उनले भने, विपद् प्रतिकार्य योजनाको प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।
त्यस्तै जुम्लामा हिमपातबाट प्रभावित व्यक्तिहरुको पहिचान गरि घरमूलीको सम्पर्क नम्बर सहित विवरण तयार गर्ने र प्रभावित व्यक्तिहरुको राहत उद्धारको लागि कार्य योजना बनाई जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउने साथै विपद् व्यवस्थापन शाखा प्रमुखको संयोजकत्वमा हेल्प डेक्स स्थापना गरी संचालनको लागि सबै स्थानीय तहलाई अनुरोध गरिएको छ ।
चिसो र हिमपातबाट सुरक्षित रहनको लागि सचेतनामूलक सूचना एवं जानकारी स्थानीय संचार माध्यम मार्फत प्रसारण गर्ने व्यवस्था मिलाउन जिल्लास्थित स्थानीय तह, गैर सरकारी संस्था तथा सरोकारवाला निकायहरुलाई अनुरोध गर्ने, निर्णय गरिएको छ ।
हिमपातको पूर्वतयारी एवम् प्रतिकार्य सम्बन्धी निर्णयहरु र सबै घटनाहरुको दैनिक प्रगति विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउन स्थानीय तहहरुलाई अनुरोध गर्ने,. हिमपातबाट हुन सक्ने सम्भावित जोखिमहरुलाई मध्येनजर गर्दै राहत तथा उद्धारको लागि जिल्लास्थित सुरक्षा निकायहरु र स्थानीय तहहरु तयारी अवस्थामा रहने,
सवारी साधनहरु तयारी अवस्थामा राख्ने साथै तत्काल हिमपातबाट प्रभावित व्यक्तिहरुलाई राहत सामाग्रीहरु (दाउरा, न्यानो कपडा, कम्बल आदि) उपलब्ध गराउने व्यवस्था गर्ने,. आ.व. २०८१÷८२ मा विपद्को घटनामा परि मृत्यु भएका तथा विपद् प्रभावितहरुलाई नेपाल सरकारको प्रचलित राहत मापदण्ड बमोजिम राहत उपलब्ध गराउने,
मिति २०७९ असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले क्षति पुरÞ्याएका निजी आवास पुनः निर्माण तथा पुनर्स्थापनाको लागि लाभग्राही कायम भएका विपद् प्रभावितहरुलाई रकम उपलब्ध गराइदिन संघीय सरकार र प्रदेश सरकार र स्थानीय सरकारसँमै अनुरोध गर्ने,. विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना र स्थानीय विपद् व्यवस्थापन समितिले गरेको तयारी र प्रगति बारे आगामी बैठकमा छलफल गर्ने निर्णय गरिएको छ ।