काठमाडौं , कीर्तिपुरको मेयर पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले जितेको छ। माओवादी केन्द्र उपविजयता बनेको छ ।
सुकांग्रेसका कृष्णमान डंगोलले ५ हजार ३ सय ३४ मत पाएर जित हासिल गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत पाएका छन्।
त्यस्तै नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३ सय ३७ पाए।
स्वतन्त्र उम्मेदवार राजमान महर्जनले २ हजार ३६ मत, स्वतन्त्र उम्मेदवारहरू कविकुमार महर्जनले १ हजार ३ सय १४ मत र दिनेशकुमार अधिकारीले १ हजार ४८ मत पाएका हुन्।
यसअघि मेयर पदमा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी बनेका थिए। उनले ९ हजार ४३ मत प्राप्त गरेका थिए।
वडा नम्बर १ को अध्यक्ष पदमा पनि कांग्रेसका हिरालाल महर्जनले ७७८ मत प्राप्त गरी विजयी बनेका थिए।
यस्तै वडा नम्बर ४ मा श्यामकुमार अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएर विजयी बनेका थिए।
तीनै जना जनप्रतिनिधिको मृत्यु भएपछि उपनिर्वाचन भएको हो।
वडा नम्बर १ इच्छाकुमार महर्जन र वडा नम्बर ४ मा राजेन्द्र बानियाँ विजयी भएका छन् ।