पुथा उत्तरगंगामा कांग्रेस(एमाले गठबन्धन विरुद्ध माओवादीकेन्द्र विजयी

रुकुमपूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छन् ।कांग्रेस(एमाले गठबन्धनकी उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई पराजित गर्दै बुढा निर्वाचित भएकी हुन् । बुढाले ३६२७ मत ल्याउँदा एमालेकी तुलाचनले २१२८ मत पाइन् ।एमालेकी तुलाचन कांग्रेसको चुनाव चिह्न रुख लिएर प्रतिस्पर्धामा थिइन् ।

यसअघि २०७९ मा माओवादीबाट निर्वाचित भूपेन्द्रा बुढाको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो । त्यसबेला पनि यहाँ कांग्रेस(एमाले गठबन्धनलाई पराजित गर्दै भूपेन्द्रा विजयी भएकी थिइन् ।बागुलुङमा भएको दुर्घटनामा उपाध्यक्ष भूपेन्द्रासँगै वडानम्बर २ का वडाध्यक्ष जयबहादुर सीर्पालीको पनि निधन भएको थियो । वडाध्यक्षको उपनिर्वाचनमा भने माओवादीकै जीतबहादुर घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

सम्बन्धित समाचार