चरिचरणका लागी जाजरकोट लिएका २४ भेडा मरेपछि तिला ५का किसान चिन्तामा


जुम्ला :अज्ञात रोगले भेडा धमाधम मर्न थालेका छन। तिला गाउँपालिका ५ ढिम्कोटमा कणबिर शाही र उनका छोरा हरिबहादुर शाहीका भेडा भकाभक मर्न थालेपनि चिन्ति बनेका हुन ।भेडा किसान कण बिर शाहीका अनुसार जाजरकोट जिल्लाको छेडागाड नगरपालिका ७ नम्वर वडाको पौँजा भन्ने ठाउमा चरिचरणका लागी जुम्ला देखि लिएका थिए ।उनले भने,‘३ दिनभित्र २४ वटा भेडा मरिसके ।बिरामी भेडाको मुखबाट र दिसा पिसावबाट रगत निस्कने गरेको छ ।

हरिबहादुर र मेरा गरी २४ भेडा मरिसके ।अब हामी संग जम्ला२६ वटा भेडा छन। यि बाँकी रहेका भेडालाई बचाउनका लागी सरोकारवाला संग उनले हारगुहार गरेका छन । किसानका अनुसार रगत फालेको एकघण्टा भित्र मर्ने गरेको बताए ।अज्ञात रोगले भेडा मरे उनीहरु चिन्तामा छन।

तिला ५ का वडाध्यक्ष ललित बहादुर शाहीका अनुसार बिपन्न घर परिवारलाई माईथाप्ला भेडा पकेट कार्यक्रमले दिएको हो ।उक्त कर्यक्रम मार्फत अघिल्लो वडा सरकार र अहिलेको वडा सरकाले उनीहरुको अर्थिक अवस्थामा सुधार ल्याउनका लागी भेडा बितरण गरेको थियो ।उनका अनुसार केही भेडा हामीले दिएका हौँ अरु भेडा कणबिर शाहीले आफ्नै लगानीमा खरिद गर्नू भएको थियो ।म जनप्रतिनिधिको हिसाबले बाँकी रहेका किसानका भेडाको उपचारको लागी सम्बन्धीत निकाय संग पहल गर्ने छु ।

त्यस्तै पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र बहादुर बुढ्थपाले जाजरकोटको पशु अस्पतालका प्रमुख कपिल प्रसाद उपाध्यायलाई लाई तत्तकाल खवर गरेको बताए ।उनले भेडा किसान र त्यहाका प्रमुख संग फोन भइसकेको छ ।किसानका भेडा बचाउन सबै निकाय संग पहल गर्न थालेको छु ।उनले भेडा राखेको ठाउमा आबश्यक चिकित्सकको टोली पठाई भेडामा लागेको रोग पहिचान गर्ने बताए ।

सम्बन्धित समाचार