बालविवाह न्यूनिकरण गर्न पत्रकार भेटघाट :सिंन्जा क्षेत्रमा बालविवाह न्यूनिकरण हुदै


जुम्ला:बालविवाह बिरुद्धको साझाँ अभियान संञ्जाल जुम्लाले बालविवाह न्यूनिकरण गर्न पत्रकार भेटघाट गरेको छ ।कानुनी प्रावधान अनुसार २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने व्यवस्था भएपनि अझै पनि प्रजनन अंग परिपक्क नहुदै सानै उमेरमा विवाह गर्ने हाम्रो गाउँ समाजमा रहि आएको छ ।
समाजले बनाएको अपरिपक्क अबैज्ञानिक कानुनलाई तोड्नका लागि सन् २०३० सम्म बालविवाह शून्य बनाउने नेपाल सरकारको दिगो विकास लक्ष्य रहेको छ ।यही लक्ष्यलाई सार्थक बनाउनका लागि यो संञ्जालले पत्रकार सम्मेलन गरेको छ ।

मिडिया तथा पत्रकारिता क्षेत्रबाट पनि त्यतिकै मात्रमा राज्यको ध्यानाकर्षण गराउनु आजको आबश्यकता रहेको भन्दै एक प्रेस बिज्ञप्ती जारी गरी पत्रकार भेटघाट गरीएको जिल्ला संयोजक मानदत्त रावलले बताए । उनका अनुसार पछ्रिल्लो समयमा बालविवाह क्रमस न्यूनिकरण हुदै आएको पाइन्छ ।

रावलले जारी गरेको प्रेस बिज्ञप्तीमा सिंजा गाउँपालिकामा जुम्लामो विगत ४ वर्षको तथ्यांक अनुसार सन् २०२० मा ७९ प्रतिशत, २०२१ मा ७३ प्रतिशत, २०२२ मा ४८ प्रतिशत र २०२३ मा २६ प्रतिशत बालविवाह गर्ने तथ्यांक रहेको छ ।कनकासुन्दरी गाउँपालिकामा सन् २०२० मा ५८ प्रतिशत, ३०२१ मा ६० प्रतिशत, २०२२ मा २५ प्रतिशत र २०२३ मा १३ प्रतिशत बालविवाह गर्नेको तथ्यांक छ ।

त्यस्तै हिमा गाउँपालिकामा सन् २०२० मा ७६ प्रतिशत,०२१ मा ७० प्रतिशत, २०२२ मा २५ प्रतिशत र २०२३ मा २२ प्रतिशत बालविवाह गर्नेको तथ्यांक रहेको छ । बालविवाह न्यूनिकरण गर्नका लागि राज्य स्तरदेखि गैरसरकारी क्षेत्रबाट निकै प्रयास भईरहेको छ ।

पछिल्लो समयमा स्वयम् बालबालिकादेखि अभिभावक सचेत हुदै गएपछि बालविवाह मुक्त वडा, गाउँबस्ती घोषणा हुदै गएका छन् । स्थानीय तह तथा सरोकार निकायसँग समन्वय गर्दै हिमा, सिंजा र कनकासन्दरी गाउँपालिकामा प्लान नेपालको साँझेदारीमा पेस नेपाल र क्याड नेपाल जुम्लासहित बालविवाह विरुद्ध साँझा सञ्जाल अभियानले सचेतनामुलक कार्यक्रम गर्नुका साथै नीति नियमका विषयमा वकालत गर्दै आएको छ ।
त्यस्तै हाँका सवै स्थानीय तहका महिला बालबालिका शाखाले सरोकारवाला निकाय गैरसरकारी संस्थासँग समन्वय सहकार्य गरी बालविवाह न्यूनिकरण गर्नका लागि सचेता मुलक क्रियाकलाप सञ्चालन गर्दै आएका छन् ।
पातारासी गाउँपालिमा पछिल्लो एक वर्षको अवधिमा ७० जोडी विवाह गरेको तथ्यांक छ । यस मध्ये ६० जोडीले उमेर पुगेर विवाह गरेका छन् भने १० जोडीले उमेर नपुगी विवाह गर्ने गरेका छन् । तातोपानी गाउँपालिकामा १५ वटा बालविवाहका घटना भएपनि धेरैजसो उमेर नपुगी विवाह भएको जोडीको विवाह रोकिएको छ । सम्झाई बुझाई अभिभावकको जिम्मा लिएको छ ।

चन्दननाथ नगरपालिकामा गतवर्ष ६ वटा र यस आर्थिक वर्षमा २ वटा बालविवाह रोकिएका छन् । उमेर नपुगी विवाह गर्ने जोडीलाई सम्झाई बुझाई अभिभावकको जिम्मा लगाउने काम भएको छ । जुम्लाका आठ ओटा स्थानीय तहका ६० ओटा वडा मध्ये ९ वटा वडा बालविवाह मुक्त वडा घोषणा भएका छन् । बालविवाह मुक्त वडा घोषणा हुनेमा कनकासुन्दरी गाउँपालिका–४ र ५ पातारासी गाउँपालिका–५, तिला गाउँपालिका–६, गुठीचौर गाउँपालिका–४, सिंजा गाउँपालिका – २, ४ र ६, हिमा गाउँपालिका–१ हरेको छ ।कनुनले २० वर्ष नपुगी बालविवाह गर्ने गराउनेलाई तीनदेखि पाँच वर्षसम्म कैद सजाय र ३० हजार रुपियाँसम्म जरिबाना गर्ने प्रावधान रहेको छ ।

 

सम्बन्धित समाचार