जुम्ला :जुम्ला जिल्ला साक्षर घोषणा गरिएको छ । जुम्लाका आठैवटा स्थानीय तह साक्षरण घोषणा भईसकेपछि जिल्ला एक औपचारिक कार्यक्रम आयोजना गरि साक्षर जिल्ला घोषणा गरेको हो ।
त्यस्तै शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमेश बहादुर मल्लले जुम्लामा ९६.७ प्रतिशत नागरिक साक्षर भएको बताए । उनका अनुसार राष्ट्रिय साक्षरता मापदण्ड अनुसार १५ देखि ६० वर्ष उमेर समूहको जनसंख्या मध्ये ९५ प्रतिशत भन्दा माथि साक्षरता पुगेमा साक्षर जिल्ला घोषणा गर्न सकिने प्रावधान छ ।जुम्लामा १५ देखि ६० उमेर समूहको ७२ हजार ३ सय १९ जन संख्या मध्ये ६९ हजार ४ सय ७७ जनाभन्दा धेरै नागरिक साक्षर रहेको तथ्यांकमा उल्लेख छ ।
’बहुभाषिक शिक्षाको प्रवर्द्धन, पारस्पारिक समझ दारी र शान्तिका लागि साक्षरता’ भन्ने मूख्य नारा तय गरिएको हो । प्रदेश सांसद शाहीले जिल्ला लाई साक्षर जिल्लामात्रै घोषणा गरेर नभएर सबै जुम्लावासी शिक्षित बनाउनुपर्ने अभियानको समेत प्रारम्भ हुनुपर्ने प्रदेससभा सांसद देवेन्द्र बहादुर शाहीले बताए । उनले भने,‘जिल्ला साक्षर हुनु राम्रो विषय हो । र शिक्षित जिल्ला बनाउन नियमित लाग्नु पर्ने आवश्यकता देखिएको छ ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले साक्षरता अभियान सबै स्थानीय तहको घोषणा पत्र समेतको आधारमा जुम्लालाई साक्षर जिल्ला घोषणा गरिएका बताए ।उनले साक्षर जिल्ला बनाउने अभियानमा दत्तचित्त भएर खटिने सबैको आभार ब्यक्त गरे ।
कार्यक्रममा साक्षरता अभियानमा साथ दिने व्यक्ति, गैर सरकारी संस्था र निकायलाई सम्मान पत्र दिएर सम्मान गरिएको थियो ।राजनीतिक दल, शिक्षासँग सरोकार राख्ने निकायका व्यक्ति र जनप्रतिनिधिहरुको सहभागीता थियो ।