जुम्लाका बालवालिकाका प्रश्नः साँचिकै अपराध न्युनिकरणमा सक्रिय छन सरोकारवाला ?


जुम्ला :यतिवेला देश भर लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान चलेको छ । १६ दिने अभियानको शुरुवात नेपालमा विसं २०५४ सालदेखि भएको पाईन्छ र यस अवधिमा विविध महिला विरुद्ध हुने हिंसाका सवालमा सचेतना मुलक कार्यक्रमहरु संचालन गरी मनाउने गरिन्छ ।

तथापि नेपाल सरकारको मन्त्रीपरिषद्ले भने २०७५ सालमा आएर मात्र लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहित प्रत्येक बर्ष सवै स्थानीय पालिका, प्रदेश तथा संघमा संचालन गर्ने निर्णय गरेको थियो। त्यस्तै लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा जुम्लाको चन्दननाथ नगर पालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा र जुम्लामा संञ्चालित किडार्क नेपाल लगायतका गैर सरकारी संस्था र नेपाल प्रहरीको समन्वयमा बुधबार बिभिन्न बिद्यालयमा अध्यायनरत्त बालबालिका र सारोकारवाला बिच अन्तरक्रिया कार्याक्रम गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका निमुक्त प्रमुख तथा प्रहरी निरीक्षक असिम हमालका अनुसार जुम्लामा बढ्दो बलात्कार एवं बालिका हिंसाका घट्ना न्यूनीकरणका लागि उक्त बिषयमा जिल्ला प्रहरी कार्यालयको समन्वयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । उनले भने, लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान देशभर चलेको छ । यसको अवसरमा जवरजस्ती करणी ,जवरजस्ती उद्योग ,अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धी सरोकारवाला र वालबालिका बिच अन्तरक्रिया कार्यक्रममा गरिएको छ ।

प्रहरी जवर्जस्ती करणी गर्न नहुने ,कसैले जवर्जस्ती करणी गर्न हुँदैन ,कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिने छ, भन्नेबारेमा जानकारी दिइएको थियो।
त्यस्तै दश वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्ष भन्दा बढी उमेरकामहिला भए जन्म कैदको सजाय हुने कानुनी ब्यवस्था रहेको छ भने दश वर्ष वा दश वर्षभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए अठार वर्षदेखि बीस वर्ष सम्म सजाय हुने ब्यवस्था छ ।

त्यस्तै चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए बाह्र वर्षदेखि चौध वर्षसम्म, सजाय सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिला भए दश वर्षदेखि बाह्रवर्षसम्म, सजाय हुने कानुनी ब्यवस्था छ । भने अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म सजाय हुने कानुनी ब्यवस्था रहेको भन्ने बिषयमा कार्यक्रमका सहभागीलाई जानकारी दिइएको थियो ।
त्यस्तै त्यहा उपस्थित एसिया मोडल अंग्रेजी स्कुल, कनका निशा लगायतका बिद्यालयमा अध्यायनरत्त बालबालिकाले प्रहरी र सारोकारवाला निकायलाई साँचिकै बालवालिका माथि भएका अपराध न्युनिकरणमा सक्रिय हुनुहुनछ ,?घटना स्थलमा प्रहरी ढिला किन पुग्छ?गाउमा भइरहेको अपराध लुकाउन संलग्ना हुनेलाई कस्तो सजाय हुन्छ ? भन्ने लगायतका सहभागी बालवालिकाले प्रहरी र सरोकारवालाई प्रश्न गरेका थिए ।बालवालिकाका प्रश्नमा प्रहरीले साँचिकै अपराध न्युनिकरणमा सक्रिय रहेको दाबी गरेको छ ।

प्रहरी आफ्नो जिम्मेवारी भन्दा बाहिर नहेको बताएको छ । अपराध न्यूनिकरण संग संगै प्रहरीले जनताको सुरक्षा सुनिश्चित गर्ने काम गरिरहेको बताएको छ ।बालबालिकाको सुरक्षा र अपराध न्यूनीकरणको सम्बन्धमा प्रहरीले सक्रिय भूमिका निभाइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

बालवालिकाले उठाएका यि सवालले जुम्ला क्षेत्रमा प्रहरीको कामको महत्त्व र बालबालिकाको हक र सुरक्षा सम्बन्धीका चुनौतीहरूलाई उजागर गरेको देखिन्छ । चन्दननाथ नगरपालिका पाँचका वडा अध्यक्ष बृख बहादुर कार्कीले स्थानीय सरकार बालवालिकाले उठाएका प्रश्नहरुको बिषयमा गम्भिर हुने बताए । उनले तपाईहरुका समस्या हामीलाई भन्नुहोस हामी सबै मिलेर त्यसको समाधान गर्न तर्फ लाग्ने छौँ ।

महिला माथि हुने हिंसा मानव अधिकार हनन्को सवाल हो भन्ने मान्यता स्थापित गर्दै सरोकारवाला निकायलाई आह्वान गर्ने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्देश्य रहेको पाइनछ । यो अभियान २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म समुदाय स्तरदेखि स्थानीयतह ,प्रदेस र संघीय सरकार स्तरसम्म पनी विभिन्न खालका कार्यक्रम गरिन्छ ।

 

सम्बन्धित समाचार