कनकासुन्दरीकी गिता भण्डारी एक दिने नमुना प्रमुख जिल्ला अधिकारी बनिन


जुम्ला :कनकासुन्दरी गाउँपालिका वडा नं ८ की गिता भण्डारी जुम्लाको नमुना प्रमुख जिल्ला अधिकारी बनेकी छन ।१६ वर्षिय किशोरी भण्डारी एक दिनको लागी नमुना प्रमुख जिल्ला अधिकारी बनेकी हुन क्याड नेपालकोआयोजना र प्लान नेपालको सहयोग गल्र्स टेक ओभर कार्यक्रममा गिता भण्डारीलाई एकदिने नमुना प्रजिअको पद हस्तान्तरण गरिएको छ ।

प्लान ईन्टरनेश्नल नेपालले गल्र्स टेकओभर कार्यक्रममा बालिका तथा किशोरीलाइ शसक्ती करण गर्ने उद्देश्य पद हस्तान्तरण कार्यक्रम गरिएकोजुम्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले बताए ।उनले प्रमुख जिल्ला अधिकारीको काम कब्र्य र अधिकारको बिषयमा नमुना प्रमुख जिल्ला अधिकारीको रुपमा किशोरी रहेकी गिता भण्डारीलाई जानकारी दिएका थिए ।


त्यस्तै नमुना प्रमुख जिल्ला भण्डारीले जुम्लामा बालविवाह,बालिका हिंसा जातिय विभेद लगायतका विकृती रहेको बताए ।आफ्नो नेतृत्वमा गाउँमा विभिन्न सचेतानाका कार्यक्रम गर्ने गरेको बताईन । प्लान ईन्टरनेश्नल नेपालले सबै ठाउँका किशोरीलाई शसक्तिकरणका लागि गल्र्स टेकओभर कार्यक्रम गर्दै आएको पाइएको छ ।क्याड नेपालले शिकोरी शिक्षा क्षेत्रका बालिकाको शसक्तिकरणका लागि विभिन्न कार्यक्रम संचाला गर्दै आएको जानकारी दिएएको छ ।

सम्बन्धित समाचार