तिला सहित जुम्लाका ७ वटा स्थानीय तह साक्षर घोषणा


जुम्ला । जुम्लाको तिला गाउँपालिका सहित ७ वटा स्थानीय तह साक्षर घोषणा गरिएको छ । यस अघि हिमा ,सिंन्जा ,पातारासी ,तातोपानी ,चन्दननाथ नगरपालिका र कनका सुन्दरी साक्षर घोषणा भइसकेका छन ।मंगलबार तिला सहति ७ वटा स्थानीय तह घोषणा भइसकेको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताए । उनका गुठीचौर गाउपालिका बाहेकका सबै स्थानीय तह साक्षर घोषणा गरीएको छ । उनले भने,हामी सारक्षर जिल्ला घोषण गर्न तयारी भइरहेको छ ।


त्यस्तै तिला गाउँपालिकाको कूल जनसंख्या १४ हजार ५३९ रहेकोमा १५ वर्षमाथि र ५९ वर्षमुनिका ८६७ जना नागरिक निरक्षर रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढ्थापाले बताए । उनले साक्षरता अभियानपछि ८२७ जना नागरिक साक्षर बनेका छन् । भने हाल तिलामा ४० जना नागरिक मात्रै निरक्षर रहेको तथ्यांकले देखाएको छ ।उनका अनुसार आफ्नो नाम लेख्न सक्ने,घडि हेर्न सक्ने,मोबाईल चलाउन ,ट्राफिक निययमको बारेमा थाहा पाउने लगायतका १२ वटा सूचकमध्य ५० प्रतिशत सूचक पूरा भएमा साक्षर घोषणा गर्न मिल्ने प्रावधान छ ।

त्यस्तै तिला गाउँपालिकाका ९५.४ प्रतिशत नागरिक साक्षर भएको शिक्षा शाखाकी प्रमुख झनमाया खत्रीले बताइन ।उनका अनुसार दुई वर्षपहिले देखि पालिकाका ९ वटै वडामा गरिएको घरधुरी सर्वेक्षण र साक्षर कार्यक्रम पछि ९५.४ प्रतिशत नागरिक साक्षर भईपछि पालिका घोषणा गरिएको बताईन् ।

त्यस्तै साक्षर घोषणाका लागि तोकिएका १२ वटा सूचक मध्य ८० प्रतिशतभन्दा बढी उपलब्धी हासिल भएको पालिकाका अध्यक्ष मोतिलाल रोकायाले बताए । उनका अनसार तोकिएका १२ वटा सूचक मध्य ५० प्रतिशत सूचक पूरा भएमा साक्षर पालिका घोषणा गर्न सकिने प्रावधान रहेको छ । अध्यक्ष रोकायाले समय विकास क्रमसंगै गाउँ घरमा चेतनाको विकास भएको बताए ।


त्यस्तै तिलामा जम्मा ३१ वटा सामुदायिक विद्यालय रहेको उपाध्यक्ष गोरीकला बुढाले बताइन । उनले साक्षर पालिका घोषणा कार्यक्रम सफल पार्नका लागी आउनु भएका सबैलाई हार्दिक आभार ब्यक्त गरिन । तिला गाउँपालिका निवर्तमान अध्यक्ष रतननाथ योगी,शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रमेश मल्ल लगायतका व्यक्तिको सहभागिता थियो ।

 

सम्बन्धित समाचार