जुम्ला: सिंजा गाउँपालिका मुक्त अभियानमा जुटन थालेको छ । पालिकाका ३ वटा वडा बालविवाह मुक्त गरिएको छ । भने यि मध्ये शतप्रतिसत बालवालिका बिद्यालय भर्ना दुई वडा वडा भएका छन । सिंजा गाउँपालिका –२ वडा आयोजना, गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको समन्वय तथा प्लान नेपालको सहयोगमा पेस नेपाल जुम्लाको साझेदारीमा शनिवार दुइ वडा बालविवाह मुक्त वडा घोषणा गरिएको दुइ वडाध्यक्ष तिर्थ वडले बताए । उनका अनुसार बाल विवाह मुक्त घोषणा संग शत्तप्रतिसन बालवालिका बिद्यालयमा भर्ना भई बाहिर नरहेको बताए । उनले भने, अशिक्षा, गरिबी, परम्परागत चलन, चेतनाको अभावका कारण पनि बालविवाह हुने गर्छ। अहिले उमेर नपुग्दै युवायुवतीहरूले भागेर विवाह गर्ने चलन रहेको बताए ।सानै उमेरमा बिवाह गर्दा शिक्षा, स्वास्थ्य, सुरक्षासम्बन्धी अधिकारहरूबाट पनि यसले बञ्चित हुने गरेको पाइन्छ ।
त्यस्तै सिंजा गाउँपालिकाका अध्यक्ष पुर्ण प्रसाद धितालले नेपालको संविधान र बालबालिका सम्बनधी ऐन, २०७५ ले बालबालिकाको हकमा बाल विवाहलाई निषेध गरि सकेको र यसको उन्मुलनको लागि स्थानीइय सरकारले अभियान पनि सुरु गरेको बताए । उनले बाल विवाह समाजका लागि हानिकारक भएको बताए। उनले भने, पहिले भन्दा हाल अवस्था निकै सुधारिएको छ। उनका अनुसार वडा हुदै पालिका घोषणा गर्ने बताए । बालबिवाहा मुक्त गरेका वडाहरुमा वालिविवाह हुन नदिने तयारी गरिएको छ । यसको लागी बालक्लवहरुलाई सक्रिय बनाइएको छ ।
बालविवाहका मुक्त घोषणा गर्नका लागी तोकिएका सबै पुरा गरेपछि यो वडालाई मुक्त घोषणा गरिएको हो ।बालविवाह गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी सजाय भएको छ ।