जुम्लाको तातोपानी गाउँपालिकाको गोप्थाडा गाउँ एसईइ पास गरेका नगारिक पाउने प्रखाईमा छन । ।तातोपानी वडा नम्बर२ स्थित २५ घरधुरीरहेको गोप्थाडा गाउँमा हाल सम्म पनि एसइई पास नहुदा पनी उनीहरुको शिक्ष प्रति राज्य नै उदासिन देखिएको छ ।
त्यहाका स्थानीय शेरबहादुर डाँगीका अनुसार अहिले सम्म पनी त्यहाका कुनै नागरिकले एसईइ पास नभएको बताए ।उनले विभिन्न प्रयास भएपनि एसइर्ई कसैले पनि गर्न नसकेको जानकारी दिए ।उनले गाउँमा कक्षा ३ सम्म अध्ययन गर्ने विद्यालय छ,।
त्यस पछि हाईस्कुल अध्ययन गर्न विद्यार्थीहरु तातोपानीको हिम शिखर माविमा जाने गर्दछन । त्यहा बिद्यालयमा अध्ययन गर्न जान्छन बिडम्बना कतिपयले एसईइ,दिन्छन त कतिले ८,९ पढेर छोड्ने क्रम भएपछि अहिले सम्म त्यो गाउका एक जनाले पनी एसईइ पास नगरेका हुन ।त्यो गाउमा उच्च शिक्षा शुन्य छ ,सरकारी जागृर शुन्य छ ।
गाउँमा संघियता आएको छ ।स्थानीय सरकाले बजेट भाषणमा शिक्षालाई प्रथामिकता दिएको नितितथा कार्यक्रामा ल्याउछ ।तर त्यहा गाउमा एक जना नागरिकले एसईई पास नगरेको भेटिनुले सरकारले ल्याएको त्यो कार्यक्रम सस्तो लोक प्रियता मात्रै भयो ।तेतिमात्रै नभई समग्र रुपमा शिक्षा क्षेत्रमा काम गर्ने निकायलाई नै चुनौती दिएको छ ।
गाउँको विद्यालयमा अध्यापन गराउने शिक्षक पनि त्यो गाउँबाहिरका छन । सो गाउँमा स्थापना भएको कक्षा ३ सम्म संचालन भईरहेको पैकेला आधारभुत विद्यालयका प्रधानाध्यापक बलबहादुर रावलले गाउँबाट अहिले पनि कोहीपनि एसइई नगरेको बताए । उनले पछिल्लो समय २ जना महिला विवाह गरेर अन्य गाउँबाट आएका वुहारीले एसईइ पास रहेका छन ।
त्यस्तै गोप्थाडागाउँको विद्यालयको प्रधानाध्यापक एक जना तातोपानी ३ लाक्षु गाउँका बलबहादुर रावत छन । अर्का शिक्षक कमल रावत अनुदान शिक्षक, यसैगरी लिताकोटका निजीमा मुनबहादुर सार्की र ईसिडि कक्षामा तातोपानी भगवति रावल छन।अहिले सम्म एसईइ नहुदा स्कुलमै पनि रोजगार नपाएको डाँगीले बताए ।
गोप्थाडा गाउँबाट यो बर्ष भने ९ कक्षामा अध्ययन गर्ने २ जना विद्यार्थी रहेका स्थानीयले बताएका छन् ।स्थानीयका अनुसार सो गाउँका एक विद्यार्थी महेश डाँगी तातोपानीको हिमशिखर माविमा र बिष्णुमाया डाँगी जुम्ला सदरमुकामको चन्दननाथ माध्यामिक विद्यालयमा अध्ययन गरिरहेका छन् ।सो गाउँमा मुख्य बस्ती कठायत, रावल, र बुढा रहेका छन् ।
त्यस्तै तातोपानी गाउँपालिका शिक्षा शाखा प्रमुख सुरत बहादुर शाहीले त्यो गाउँमा गाउँपालिकाबाट एक अभिमुखिकरण कार्यक्रम राख्ने बताए ।उनले भने,त्यहाँको अवस्था, समस्या र सुधानुपर्ने बिषयमा जोड तयर छौँ।उनका अनुसार अभिभावक शिक्षा सहितका कार्यक्रम आवश्यक रहेको देखिएकाले त्यसमा प्रथामिकता सबै लाग्नु पर्ने बताए ।त्यस्तै तातोपानी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष चन्द्रमान बुढाले गोप्थाबाडामा २५, २६ घरधुरी रहेको बताए ।उनले बिद्यार्थीहरु स्कुलको पढाई छोडेर भारत तर्फ जाने गरेको बताए । उनले आगामी दिनहरुमा एसईई दिने बिद्यार्थीलाई पालिकाले निशुल्क ट्युसन पढाईको लागी ब्यवस्था गर्ने बताए ।
त्यस्तै जुम्ला शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख रमेश मल्लले यो अलिकति वेग्लै कुरा आएको बताए ।उनले २१ औ सताब्दीमा पनी यस्तो गाउँ हुनु राज्यलाई समेत चुनौति हो । अव त्यो गाउँमा अध्ययन गर्न जाने सोच बनाएको छु।अव यो समस्या समाधान कसरी गर्न सकिन्छ सवै मिलेर अगाडि बढ्न आवश्यक रहेको छ ।