जुम्ला प्रतिष्ठानमा प्रथम दीक्षान्त समारोह (फोटो फिचर )


जुम्ला : जुम्लाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रथम दीक्षान्त समारोह सकिएको छ । उक्त समारोहमा ५वटा बिधामा स्वर्ण पदक सहित ३० विद्यार्थी दिक्षित गरिएको हो। प्रष्ठिानका शिक्षाध्यक्ष डब्बल बहादुर धामीका अनुसार स्वर्ण पदक पाउने विद्यार्थीहरूमा बि.एम.एस. तर्फ रेणु कुमारी सिंह ,सिर्जना न्यौपाने, रहेका छन भने, बिपिएच तर्फका दिपेन्द्र जोशी,सुशील शाही,रहेका छन ।त्यस्तै एम.डी.÷एम.एस. तर्फका बेद कुमार चौधरी रहेका हुन ।


उनले भने,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रथम दीक्षान्त समारोह सहित निमार्ण सम्पुन्न शैक्षिक भवन प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्धघाटन गरिएको छ ।यस समारोहमा ५८ जना विद्यार्थीलाई दीक्षित गरिने भनिएपनी ३० जना बिद्यार्थी दिक्षित हुन आएका हुन । डब्बल धामीले दीक्षान्त समारोहमा पाँच जना उत्कृष्ट विद्यार्थीलाई कुलपति स्वर्ण पदकले सम्मानित गरिएको बताए । उनका अनुसार दिक्ष्ति हुने यी विद्यार्थीहरूले उच्चतम अंक ल्याएका हुन ।

त्यस्तै प्रतिष्ठानका कुलपती तथा नेपाल सरकारका प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीलाई रेकट राख्ने गरी गुणस्तरी स्वास्थ्य सेवा दिन अनुरोध गरे ।उनले कर्णालीको सुर्खेत भन्दा दुगर्म जुम्ला लगायत माथिल्लो कर्णालीको भु भाग रहेको बताए ।उनले यहाको स्वास्थ्य सेवा प्रति नेपाल सरकार तयार रहेको बताए ।त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले प्रतिष्ठानका समस्या प्रति जिम्मेवार रहेको बताए । उनले प्रतिष्ठानबाट दिक्षित हुने बिद्यार्थीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे।

सम्बन्धित समाचार