जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रथम दिक्षान्त समारोहको तयारी पुरा भएको छ ।यही कार्तिक २८ गते नेपाल सरकारका प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले उद्घाटन गर्ने समारोहको तयारी पुरा भएको हो ।
प्रतिष्ठानका कुलपति डाक्टर मंगल रावलका अनुसार प्रधानमन्त्री ओलीले दिक्षान्त समारोहको उद्घाटन गर्नुका साथै नवनिर्मित शैक्षिक भवनको उद्घाटन गर्नु हुने कार्यक्रम तय भएको छ । प्रतिष्ठानका अनुसार सो कार्यक्रमका लागी नेपाल सरकार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल पनि जुम्ला आउने कार्यक्रम छ।उक्त दिक्षान्त समारोह कार्यक्रममा ५८ जना विद्यार्थी दिक्षित हुने भएका छन । प्रतिष्ठानका सिनेट सदस्यहरु समेत जुम्ला पुगिसकेका छन ।
दिक्षान्त समारोहका लागि प्रधानमन्त्रीको तयारी टिम, सिनेट सदस्य तथा विद्यार्थी जुम्ला पुग्ने क्रम जारी रहेको छ । दिक्षान्तसमारोहमा प्रतिष्ठानका संस्थापक संयोजक कर्णाली प्रदेस सरकारका पूर्व कानुन मन्त्री नरेश भण्डारी र सहसंयोजक पूर्वराज्यमन्त्री बलबहादुर महत पनि जुम्ला आएका छन । यस अघि गत्त भदौ २३ गते प्रधानमन्त्रीको व्यवस्तताका कारण दिक्षान्त समारोह स्थगित भएको थियो । यस पटक उक्त कार्यक्रम पुन हुने भएको हो ।