काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो हाफ नेपाल र बंगलादेशले गोलरहित बराबरी भएको छ ।
काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा दुबै देशले पहिलो हाफमा कुनै पनि गोल गर्न सकेनन् । निकै प्रतिस्पर्धात्मक खेलमा दुबै पक्षबाट केही गोलको प्रयास भएपनि बलले गोलको दिशा लिन सकेन ।
११ हजार नेपाली दर्शकको हौसलाका साथ मैदानमा उत्रिएको नेपाली टोली आज बंगलादेशलाई हराउँदै इतिहास रच्ने दाउमा छ ।
च्याम्पियनसिपको फाइनल खेल हेर्न प्रधानमन्त्रीसहितका उच्च पदस्थ अधिकारी समेत दशरथ रंगशालामा पुगेका छन् । खेल निकै रोचक भएको थियो ।