जुम्ला :नेपाली भाषाको उद्गम स्थल सिञ्जामा खस सभ्यताको लोक सस्कृति बिषयमा प्राज्ञिक बहस तथा सास्कृति प्रर्दशनी गरिएको छ ।लोक साहित्य,भाषा,कला संस्कृति,परम्परा,रितिरिवाजको संरक्षण तथा प्रर्वद्दन गर्ने उदेश्यले जुम्लाको सिंजामा लोकवार्ता परिषद नेपालको आयोजनामा सिञ्जा गाउँपालिका, हिमा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाको सयूक्त रुपमा सिञ्जाको नराकोटमो लोकसस्कृति बिषयमा कार्यपत्र प्रस्तुत तथा बहस गरिएको हो ।
त्यस्तै सिञ्जामा प्रस्तुत भएका कार्यपत्रमा डा. शशि थापा पण्डितले खसजातिको उत्पति र सास्कृतिक प्रभाव, सास्कृतिक विद्ध सितल गिरीले मष्टो र खस जाति, दिलविक्रम आङको, स्थानीय जानकार सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्ण प्रसाद धितालको खस मौलिक चाडपर्व र मुल्यवोध, शिक्षक वुद्धिजीवि देवराज धिताललको खस सम्पदाहरुको संरक्षणको प्रश्न नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीबाट सिञ्जा सभ्यताका परम्परागत संचार माध्यामको विषयमा कार्यपत्र प्रस्तुत गरिएको छ ।
लोकवार्ता परिषद नेपालको १३ औ सङ्गोष्ठीको अवसरमा खस सभ्यताका जानकार व्यक्तिहरुको उपस्थितिमा बहस छलफल तथा खससभ्यताका सास्कृतिक कलाहरु प्रस्तुत गरिएका छन् । सिञ्जाको नराकोटमा आयोजित कार्यक्रममा स्थानीय मागल, वालोनाच, देउडानाच, धामीनाच, रोपाईनाच, सिंगारुनाच, एकल गित लगायतका विभिन्न विषयको कला प्रस्तुत गरिएको हो । कनकासुन्दरी गाउँपालिकाको कर्णाली खस सास्कृतिक मञ्च जुम्ला सहित स्थानीय कलाका धनि व्यक्तिले कला प्रस्तुत गरेका थिए ।
त्यस्तै लोकवार्ता परिषद नेपालका केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर भवेश्वर पंगेनी, सल्लाहाकार प्राध्यापक डाक्टर माधव प्रसाद पोख्रेल, प्राध्यापक डाक्टर कुसुमाकर न्यौपाने, प्राज्ञ तथा लोकगायक यज्ञराज उपाध्याय, प्राध्यापक डाक्टर धुर्व प्रसाद घिमिरे, मनोहर लामिछाने, डाक्टर शशि थापा पण्डित सहित २२ जना प्राज्ञ व्यक्तित्वहरु र जुम्ला निवासी खोज पत्रकार राजबहादुर कुँवर सहितको टिमले सुर्खेत हुदै, दुल्लु, कालिकोट, जुम्लाको सिञ्जा, तातोपानीमा प्राज्ञिक बहश गरेको हो ।
१३ औ सङ्गोष्ठीमा स्थानीय वुद्धिजीवि, प्राज्ञ तथा लोकसस्कृतिका जानकार तथा नागरिकहरुको उपस्थित भई छलफल भईरहेको छ ।उनले राम्रा कुरा नयाँ पुस्तामा हस्तान्तरण गर्न, कला संस्कृतिको विकास गर्दै ज्ञान लिन र दिनका लागि खस सभ्यताको जननीमा आइपुगेको बताए । उनले स्थलगत रुपमा अवलोकन गरी हाम्रा परम्परागत लोक संस्कृतिलाई बचाउन र त्यसलाई अभिलेखीकरण गर्नका लागि यस्तो कार्यक्रमको आयोजना गरेका हौँ ।
त्यस्तै उक्त कार्यक्रम कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले सिञ्जा सुन, हिरा र मोतिमाथीको खजना भएकाले यसको संरक्षण तथा गर्न आवश्यक रहेको बताए ।उनले नेपाली खस तथा भाषको उत्पती भएको ठाउको हाम्रा लोक सम्पदा, संस्कृति, परम्परा पुस्तालाई पनि हस्तान्तरणको लागी पनी लिपिबद्ध गर्न अनुरोध गरे ।
त्यस्तै कार्यक्रममा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले लोकवार्ताका विषयलाई कसरी आधुनिक समयानुकूल प्रयोग र उपयोग गर्ने भन्ने विषयमा पनि विज्ञहरुको सुझाव आबश्यक रहेको बताए । उनले लोकवार्तालाई विज्ञानसँग जोडेर उपयोग गर्न सके आयआर्जनको माध्यम बनाउन सकिने बताए ।
त्यस्तै सिञ्जा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले स्थलगत अध्ययन गरेर त्यस ठाउँको लोक वर्ता परिषद नेपालमा आबद्ध बिज्ञयहरुका कमलका निम्ले सिंजा सभ्यता के हो भनेर सबैलाई चिनाउने बिश्वास ब्यक्त गरे । उनले हाम्रो कला संस्कृतिसहितको संरक्षण गर्दै मूर्तअमूर्त कला संस्कृतिको अध्ययन अवलोकन गर्दै कार्यपत्र प्रस्तुत गर्ने, प्रचारप्रसार गर्ने र त्यसलाई पुस्ककका रुपमा प्रकाशित गरी दिन लोकवार्ता परिषद नेपाललाई अनुरोध गरे ।
त्यस्तै ,कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदार आचार्यले एकमतमा सिञ्जा सभ्यता र संरक्षण विषयमा संघीय सरकार, प्रदेश सरकारले जोड दिनुपर्ने सुझाब दिए । सिंजाको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक महत्वका वस्तु तथा स्थानको संरक्षण र प्रचारप्रसार गर्न आवश्यक रहेको उनको भनाइ छ । यहाँका स्थानीय संस्था, स्थानीय सरकारले लोकवार्ता परिषद्को अभियानलाई सफल पार्नका लागी तयार रहेने बताए ।
त्यस्तै सिंजा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले यी स्थान र वस्तुहरूले समुदायहरूको सांस्कृतिक पहिचानलाई कायम राख्न यो कार्यक्रमले मद्दत गर्ने बताईन । यसले नयाँ पिढीलाई आफ्नो संस्कृति र परम्परासँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने छ । सांस्कृतिक र पुरातात्विक स्थलहरूले पर्यटकहरूको ध्यान आकर्षित बनाउने हाम्रो चहान भएपनि नसकिएको बताइन । उनले प्राध्यापक डाक्टरहरुको टोलीलाई प्राज्ञिक बहस सिंजामा संञ्चालन गरेको भन्दै हार्दिक आभार ब्यक्त गरिन ।
त्यस्तै लोकवार्ता परिषद नेपालका केन्द्रीय अध्यक्ष भवेश्वर पंगिनीले खस सभ्यता जोगाउन लोकवार्ता रिषद नेपालको जन्म भएको र यस पटक १३ औ सङ्गोष्ठी कर्णाली क्षेत्रमा गरिएको बताए ।लोकवार्ता परिषदले सुर्खेतमा यहि कात्र्तिक ३ गते, दैलेखको दुल्लुमा ४ गते कालिकोटको खाडाचक्रमा ५ गते तातोपानीमा ८ गते, सिञ्जामा ९ गते र मुगुमा १० गते कार्यक्रम भएको गरिएको थियो।२०६८ सालमा पोखराको पृथ्वी नारायण क्याम्पसबाट प्राध्यापक डाक्टर कुसुमाकर न्यौपानेको टिमले सुरु गरेको लोकवार्ता परिषद नेपाल हाल सम्म सक्रिय रुपमा चलिरहेको लोकवार्ता परिषद नेपालले बताएको छ ।