जुम्ला :सिंजा गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाले आर्थिक बर्ष ०८० ÷०८१मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।
त्यस्तै गाउँपालिकाले हरेका वर्षमा आयोजना गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी सार्वजनिक सुनुवाई गर्ने गरेको सिंजा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर शाहीले बताए । उनका अनुसार गाउँपालिकाको आयोजनामा र आधुनिक महिला जागरण प्रालीको सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रमको गरिएको हो ।उनले भने,‘आव २०८०÷८१ मा अनुमानित आय ३९ करोड ९९ लाख २३ हजार ४ सय ४७ थियो भने कुल आम्दानी ३७ करोड १८ लाख ९२ हजार ६ सय ८८ मात्र रहेको थियो ।
त्यस्तै कुल खर्च ३३ करोड ८७ लाख ९३ हजार ४३ थियो भने,शसर्त अनुदान तर्फ फिर्ता रकम १ करोड ३२ लाख ३ हजार ७ सय ६९ रुपैया थियो । त्यस्तै चालु आव २०८१÷०८२मा १ करोड ९८ लाख ९५ बजार ८ सय ७६ रुपैया विनियोजन भएको छ ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत शाहीले वार्सिक योजना तथा कार्यक्रमको बारेमा जानकारी दिए । त्यस्तै नेपाली काग्रेसका जिल्ला कमीटि सदस्य नन्दराम बुढाले पारदर्शी गाउपालिकाका सबै कामहरु हुनुपर्ने बताए । उनले सार्वजनिक सुनुवाइ गर्नु महत्त्वपूर्ण हो ।त्यस्तै सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले पालिकाको बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्न गरेका थिए ।
त्यस्तै कार्यक्रममा बोल्दै गाँपालिकाका अध्यक्ष पुर्ण प्रसाद धितालले सेवाग्राहीका गुनासा लाई स्वागत गर्दै गाउँपालिकाले आगामी दिनमा सेवाप्रवाहलाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने प्रतिबद्धता गरे ।उनले आगामी दिनमा नागरिक असन्तुष्टिहरुको सम्बोधन गर्ने र पालिकाको सेवा लाई प्रभावकारी बनाउने छौँ ।
त्यस्तै सिंजा गाउँपालिकाका अध्यक्ष धितालले आफूहरु सकेसम्म गाउँपालिकाको स्रोत र साधानको समुचित प्रयोग गरि विभिन्न योजना अगाडी सारेर काम गरिरहेको बताए । उनले आफुहरुका काममा आशिंक सन्तुष्टि र आशिंक असन्तुष्टि रहेको छ । उनले जनप्रतिनिधी र कर्मचारीहरु लाई गुनासोहरुको सम्बोधन गरि कार्य सम्पादन गर्न निर्देशन दिए ।
सिंजागाउँपालिकाका उपाध्यक्ष सितली गाउँपालिकाले धेरै काम गर्ने सोच बनाएपनि आन्तरिक स्रोत कमजोर हुँदा कतिपय योजनाहरु अगाडी बढाउन नसकेको बताए । उनले नगारिक सेवाप्रवाह लाई गुनासो रहित बनाउने कोशिसमा गर्दै आएको बताईन । गाउँपालिकाका सबै शाखाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा तथा नागरिको प्रतिवेदनको आधारमा पालिकोको सेवाको विषयमा सवाल जवाफ भएको थियो।