माओवादी केन्द्रमा प्रवेश गर्नेको लर्को,५ सय ३८जना प्रवेश

जुम्ला : यतिबेला न चुनावको राप छ,न सत्ताको मालिको नै छ नेकपा माओवादी केन्द्र , तर नेकपा माओवादी केन्द्रले उठाएको माग र जनताको लागि सम्बोधन गरिएका आवाजहरुलाई जाहेज रहेको भन्दै विभिन्न राजनीतिक पार्टी परित्याग गरी नेकपा माओवादीमा ५ सय ३८ जनाले प्रवेश गरेका छन् ।


नेकपा माओवादी केन्द्र जुम्लाले खस भाषा र सभ्यताको केन्द्र सिञ्जा कनकासुन्दरीको गोरु चौरमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा भरिभराउ जनताको संख्या देखेर उपस्थित अन्य पाटिहरु छक्क परेका थिए ।
धेरैको संख्यामा नेपाली काँग्रेस,नेकपा ऐमाले,नेमाकिपा र नेकपा (एकिकृत समाजवादी)पाटी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने हरुको लर्को लागेको हो।स्वतन्त्रत बाट पार्टी प्रवेश गर्नेमा कनका सुन्दरी गाउँपालिकाका ८ का निर्वाचित स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित भएका धन बहादुर कामी र चनाखी कुलाला र गोल दमाई सदस्यमा सहितको  ३ सय ७२ जनाको आएका हुन ।
नेपाली काँग्रेस बाट पाटी परित्याग गरी तिला तिनका लाल प्रसाद उपाध्याय लगायत जुम्लाका सबै पालिकाबाट ४१जनाले माओवादीमा प्रवेश गरेका छन । उनीहरुले (माओवादी)आन्दोलनले उत्पीडित समुदायको सवाल, नेतृत्वलाई स्थापित गरेको बताए ।पछिल्लो समयमा राजनीतिक व्यवस्था रूपान्तरणमा नेतृत्वदायी भूमिका खेलेको भन्दै प्रवेश गरेको उनीहरुको दाबी छ ।

त्यस्तै नेकपा (एकिकृत समाज वादी) पाटीबाट बाट ३५ जनाले माओवादीमा प्रवेश गरेका छन  ।
उनीहरुले गरिब, श्रमजीवी, महिला र उत्पीडित समुदायले न्याय, समानता र आत्म सम्मान प्राप्त गर्ने राजनीतिक व्यवस्था माओवादी भएको बताए  । उनीहरुका अनुसार निकै ठूलो संघर्ष र बलिदानीबाट प्राप्त संघीयतालाई प्रभावकारी बनाएर जनताका आधारभूत जनजीविकाका सवाल उठान गर्ने बताए ।
एमाले बाट पाटी परित्याग गरी माओवादीमा प्रवेश गर्नेमा पुर्व  कर्णाली प्रदेश कमीटी सदस्य राज बहादुर खत्री लगायत ८८ जना रहेका छन। उनीहरुले समावेशिता,संघीयता, धर्मनिरपेक्षता लगायतका मुद्दा माओवादी केन्द्रले उठाएको बताउँदै आफू माओवादी केन्द्रमा प्रवेश गरेको उल्लेख गरे ।
नेपाल मजदुर किसान  पाटी  परित्याग गरी २जनाले  माओवादी केन्द्रमा प्रवेश  गरेका छन । भने, बिप्लब बाट ३ जनाले माओवादी केन्द्रमा  परिवेश गरेका छन ।उनीहरुले  परिवर्तनको पक्षधर माओवादी भएको बताउदैन  पहिचान पक्षधर एकजुट हुनुपर्नेमा जोड दिए ।उनीहरुले २०७० सालमा संविधानमा  भएका माओवादीका एजेण्डा स्थापित  गर्न सडकबाट सङ्घर्ष  गर्ने बताए ।

पुर्व प्रधानमन्त्रीले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार लगायतका विषयमा जनपक्षीय काम गर्न थाले पछि जनस्तरमा लोक प्रियता बढेको छ ।
त्यस्तै जुम्ला जिल्ला इन्चार्ज तथा  कर्णाली प्रदेसका पुर्व कानुन मत्री नरेश भण्डारीले मुलुकको राजनीतिक परिवर्तन माओवादीकै कारण भएको भन्ने कुरा जन्ताले बुझेको बताए । उनले प्राप्त उपलब्धिको रक्षा गर्ने दायित्व पार्टीको रहेको बताए । उनले माओवादी कमजोर हुँदा जनताका अधिकार समेत कमजोर हुने बताउँदै उनले पार्टीलाई रुपान्तरण सहित सशक्त बनाउन आवश्यक भएको बताए ।

त्यस्तै मओवादी केन्द्र जुम्लाका  संयोजक नवराज न्यौपाने (बिमुख )ले पार्टी प्रवेश कार्यक्रम कास्टिङ मात्र भएको बताए ।उनले बिभिन्न पाटी परित्याग गरी नेतासहित ठूलो पंक्ति माओवादी केन्द्रमा प्रवेश गर्नेे खुलासा गरे ।उनले भने,‘१० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वले राज्यसत्तालाई नै बलियो चुनौती दिएको संसारकै कम्युनिस्ट क्रान्ति माओवादीले गरेको हो ।

त्यस्तै स्वतन्त्र  ३७२ भित्र मध्यबाट नेपाली काँग्रेस १सय २ ;नेकपा ऐमाले६२,माओवादी ८४,एकीकृत समाजवादी ३५,नेपाल मजदुर किसान पाटी३९,नेकपा बिप्लब३६ र पहिलेे देखि  स्वतन्त्र रहेका १४ जना गरि ३सय ७२ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

त्यस्तै माओवादीले राष्ट्रिय स्वाधीनता, राजनीतिक व्यवस्था परिवर्तन, जनजीविका र सामाजिक–सांस्कृतिक उत्पीडन अन्त्य गर्ने एजेन्डालाई प्रमुखताका साथ उठाएको छ ।यश पाटिकाेे जातीय, लैंगिक, भाषिक, सामाजिक–सांस्कृतिक उत्पीडनको अन्त्य  एउटा महत्त्वपूर्ण मुद्दा मनिएको छ ।

त्यस्तै पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुस्पकमल दाहाल (प्रचण्ड)ले  प्रमुख अथिति रहेकाेे जुम्लाकाे कनका सुन्दरीमा आयाेजित कार्यक्रममा भिबिन्न पाटि परित्याग गरि प्रवेश गर्ने ५सय ३८ जनाकाे नाम लिष्टकाेे सुचि तयारी पारीएकाे नेकपा माओवादी केन्द्र जुम्लाका जिल्ला संयाेजक नवराज न्याैपानेले बताए

सम्बन्धित समाचार