जुम्ला :नसा च्यापियर थला परेका पातारासी गाउँपालिका–४का ३० वर्षका मनसिंह नेपाली आर्थिक अभावका कारण उपचार हुन सकेको छैन ।उनी २०८० गत्त भदौ देखि देखि थला परेका छन।मनसिहँले भने, सूरुमा प्रतिष्ठानमा जाँच गराएको थिए ।
त्यस पछि नेपालञ्जमा न्युरो अस्पतालमा उपचारको लागी गए ।त्यहा डाक्टरले सुरु मार्फत उपचार गर्नु पर्ने सल्लाहा दिएको बताए ।उनले डाक्टरका अनुसार १ वटा सुईको एक लाख मुल्य पर्ने बताएको थिए ।उनले भने,‘सूरुमा ५ वटा सुइ लगाउनु पर्छ त्यस पछि पनी सुधार भएपनि थप्नु पर्ने बताए । उनले भने,खुट्टाको ढुडा देखि तल हातको कुमदेखी तल चल्दैनन ।उनका अनुसा एक लाख खर्च गरेर औषधि गरेर नेपालगञ्जबाट घर आए ।आर्थिक अभाबका कारण यहि थाला परेको छु ।
त्यस्तै बिरामीकी श्रीमती सुसिला नेपालीले उपचार खर्च जुटाउन नसके पछि घरमै ल्याएर राखेको बताईन ।उनले भनिन,‘डाक्टरले उपचार लाखौं रुपैयाँ लाग्ने भन्नु भयो त्यस पछि घरमै ल्याउनु पर्ने अवस्था आए ।उनका अनुसार उपचारमा कम्तीमा दश लाख भन्दा माथि लाग्ने बताइन । उनका अनुसार हाम्रो परिवारमा यत्रो रकम जुटाउन नसक्ने भएपछि आफूहरू तनावमा परेको छौँ । उनले भनिन, ‘‘साथमा दुइ वर्षकी छोरी छन,बच्चा संग काहीँ काम गरौँ भने यहा केही काम पाइदैन ।उनले आफ्नो श्रीमानको ज्याज बचाउनका लागी सहयोग गरिदिन सबै सहयोगी संस्था तथा सहयोगी मन हरुलाई अनुरोध गरे । त्यस्तै नेपालीको परिवारमा निराशा छाएएको छ ।
नासा च्यापीको उपचार भएमा बाँचेर केही गर्ने इच्छा रहेको नेपालीले बताए । उनले भने, ’उपचार गर्न पैसा छैन सहयोगको लागि आग्रह गर्दछु। उपचार खर्च सहयोग गर्नुस् म बाँच्न चाहान्छु । उनले हयोगका लागि उनले आफ्नो मोबाइल नम्बर ९७ ४९९६८६२९ मा सम्पर्क गर्न सकिने छ ।
त्यस्तै पारासी गाउँपालिकाका उपाध्यक्ष जुनमाया रोकायाले मनसिहँको उपचारको लागी कार्यपालिका संग कुरा राख्ने बताइन ।आफ्नो नागरिकको ज्यान जोगाउनु हाम्रो कत्तब्य पनी हो । उपचारको लागी पहल गर्ने छौँ ।
त्यस्तै नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य सांसद छिरिङ ल्यामो लामा तामाङले मनसिहँ नेपालीलाई भेटेर उपचारका लागी पहल गर्ने बताइन ।उनले कमजोर आर्थिक हैसियत भएका कारण उपचार नपाएका नेपालीको उपचार गर्नका लागी सबै संग सहयोगको आग्रह गर्ने बताईन ।
त्यस्तै उपचार अभाबमा छट्पटी गरेका गरिब नागरिकका लागी राज्य निरहि देखिन्छ ।गाउँमा स्थानीय सरकार आएपनि स्वास्थ्य सेवाको अभाव, प्रशासनिक असफलता र नागरिकको दुःखलाई उजागर हुन सकेको छैन ।