विचल्ली परेका चार बालबालिकाको उद्दार

दिलमाया शाही
कैलाली जिल्ला स्थानीय ठेगना बताउने चार बालबालिका जुम्ला पुगेका छन् । १७ वर्षीया मधु विक, १६ वर्षीया गिता विक, ९ वर्षीय नविन विक र ३ वर्षीय आषिस विक जुम्लाको सदरमुकाम खलङ्गा पुगेका हुन । १७ वर्षिया मधु विक भन्छिन ‘हामी सवै जना इण्डियाको पञ्चाबमा जन्मेका हौँ । नेपालमा घर कैलाली जिल्लामा छ भन्ने सुनेका थियौँ ।

तर कैलालीमा पनि कुन ठाउँ कुन टोल हो केही पनि थाहाँ छैन । उनले भनिन आफ्नी आमा नाम सपना विक हो र आमा भाइलाइ ३ वर्षीया आषिस जन्मेको एक महिना भएको थियो इण्डियामै निधन भयो । सानो भाई एक महिनाको हुदा आमा सपनाको उपचारको उक्रमा अस्पतालमा निधन भएको हो । आमाको निधनपछि बाबु सन्तोष विकले अर्की श्रीमति लिएर भागेर गए । उनले भनिन त्यसपछि हामी चारै भाई बहिनी इण्डियामै विचल्ली परेयौँ । सानो भाई आषिस विक अहिले तीन वर्षको भयो । बाबाले पनि छोडेको पनि तीन वर्षे नै पुग्यो मधु विकले बताईन् । इण्डियामा मजदुरी गरेरै एक महिनाको भाईलाई हुर्काएर अहिले तीन वर्षको पुगेको छ ।उनले भनिन् भारतमा कोरोना संक्रमण फैलिएरपछि मजदुरी गर्ने पनि ठाउँ भएन सवै नेपाली नेपालमा फर्केन थालेपछि हामी पनि कैलाली आयौँ । कैलालीमा पनि घर जग्गा बाबाले बेचविखन गरेको थाहाँ पाएपछि नेपालगज्ज, सुर्खेत हुदै जुम्ला पुग्यौँ ।

जुम्ला पुगेको पनि अहिले १२ दिन जति भयो । पेट पाल्नकै लागि कहाँ गएर के हुन्छ भन्दै जुम्ला पुगेको मधु विकले बताइन् । जुम्ला पुगेको २÷४ दिनपछि चन्दननाथ नगरपालिका – ७ महतगाउँस्थित जनता माध्यामिक विद्यालयको भवन निर्माण गर्ने मजदुरको खाना पकाउने काम गरेबापत दिनको पाँच सय रुपैया दिन्थे । त्यही पैसाले विहान बेलुकाको छाक टार्ने गरिएको उनले बताइन् ।चन्दननाथ नगरपालिका – ६ विजयनगर स्थित बालबालिका विचल्लीमा परेको थाहाँ पाएपछि समाज सेवी छिरिङ ल्यामु तामाङले जिल्ला प्रशासन कार्यालय जुम्लामा खबर गरेकी हुन ।
बालबालिका विचल्लीमा परेको जानकारी प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालय जानकारी गराएपछि बालबालिकाको उद्दार भएको हो । प्रहरी नायव उपरीक्षक माधब काफ्लेका अनुसार बालबालिका अलपत्र परेको जानकारी प्राप्त भएपछि उद्दार गरेका छौँ ।बालबालिकाको विस्तृत अध्ययन गर्ने काम भइरहेको उनले बताए । प्रहरीको उद्दारपछि अल्पकालिन महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको छ ।

बालबालिकाले अझै आफ्नो स्थानीय ठेगना र अभिभावकको नाम बताउन सकेका छैनन उनले भने यस विषयमा प्रहरी संयन्त्र मार्फत कैलालीमा पनि खोजी गर्ने छौँ । बालबालिकाको मेडिकल परीक्षण सहित सेवा केन्द्रमा राखिएको हो ।‘ यस विषयको समस्या समाधानका विषयमा चाडैँ नै जिल्ला प्रशासन कार्यालयमा बैठक गर्ने तयारी गरिएको उनले बताए ।’अल्पकालिन सेवा केन्द्र अध्यक्ष भगवती श्रेष्ठका अनुसार अहिले सेवा केन्द्रमा राखेका छौँ । दुई जना बालिका १६÷१७ वर्षका भएकाले दुव्र्यवहारमा पर्न सक्ने खतरा भएकोले सुरक्षित राख्ने व्यवस्था गरिएको हो ।उनीहरु लामो समयदेखि अभिभावक विहिन अवस्थामा छन् । उनले भनिन् ‘यस्ता किसिमका बालबालिकाको अभिभावक राज्य नै हो । राज्यले नै अभिभावकत्व ग्रहण गर्नु पर्दछ ।’

सम्बन्धित समाचार