कर्णालीको साँस्कृतिक जोगाउदै, कर्णाली देउडा समाज जुम्ला ।

जुम्ला ः कर्णाली देउडा समाज जुम्लाले कर्णालीको पहिचान बचाउन साँस्कृतिक लडाइ गर्दै आएको छ । जुम्ला लगायत समाग्र रुपमा कर्णाली प्रदेशको आफ्नो कला साँस्कृतिक बचाउनका लागी काम गर्दै आएको यस कर्णाली देउडा समाज जुम्लाले आगामी दिनमा आफ्नो पहिचान बचाउन साँस्कृतिक लडाइ गर्ने बताएको छ । देउडा समाजले दुरदराजमा लुकेर रहेको प्रतिभाको खोजी गर्ने बताएको छ । जुम्लाका अग्रज कलाकारको सम्मान गरी नयाँ पुस्ताका कलाकारको हक अधिकारका लागी तिव्रगतिमा काम गर्ने बताएको छ । अबका नयाँ आउने पुस्ताका कलाकार आधुनिक र पवगित तर्फ गएकोले अब कर्णाली देउडा समाज जुम्लाले देउडा गितको संरक्षण गर्नका लागी पत्येक महिनाको एक गते देउडा प्रतियोगिता गर्दै आएको थिए ।

तर कोरोनाको महामारीका कारण केही महिना देखी देउडा प्रतियोगिता रोकियको छ । सुदुरपश्चिमीहरुले आफ्नो कलाको पहिचान गरी रहेका बेला जुम्ला खस भाषाको उद्ध्गमस्थल र कला साँस्कृतिकको भरी पुर्ण हुदा हुदै पनि पँहुजमा पुग्न सकेको छैन। जसका लागी कर्णाली देउडा समाज जुम्ला स्थापना भएपछि केही सकरात्मक संखेत देखीएको छ । तर जुम्लाको कला साँस्कृतिक बचाउनका लागी कुनै एक ब्यक्तिले सम्भव छैन । यसका लागी हामी सबैको हातेमालो हुन जरुरी छ ।

साँस्कृतिक बचाउन स्थानिय सरकारको पनि दायित्व मानिएको छ। त्यस्तै कर्णाली देउडा समाज जुम्लाले आयोजना गरेको पहिलो साधारण सभालाई सम्बोधन गर्दै पुर्व राज्य मन्त्री गोमा कुवरले भन्नुभयो , हाम्रो साँस्कृतक रहे हामी रहन्छौ , । कर्णालीले आफ्नो पहिचानको लागी देउडा गितलाई मनोरञ्जनको लागी मात्रै होईन पर्वको रुपमा स्थापना गर्नु पर्छ । अनिमात्रै हाम्रो पहिचान जोगीन्छ हामीले गौरव गर्ने खालको हुने छ ।उहाले भन्नुभयो, यो देउडा समाज भरखरै जन्मीएको छ ।

हुर्काउन बाँकी छ । हुर्काएर हिड्ने र दौडिने बनाउने जिम्म हाम्रो काँधमा छ । कर्णाली देउडा समाजका अध्यक्ष पुर्ण प्रसाद धितालले साँसकृतिक भनेको सिंगो कर्णाली बासीको पहिचान हो यो कहिले सकिदैन । यसलाइ जोगाउन आबश्यक छ । सबैले आफ्नो तहतप्पका बाट पनि संरक्षण गर्न जरुरी छ । उनले भने कर्णाली देउडा समाजको कार्यसमित ११ सदस्य छ । तर कार्य समितीले मात्रै केही गर्न सकिदैनन , ।सबैको सहयोग र सहकार्य भयो भन्ने यो देउडा समाजले लुकेर बसेका हाम्रा कलाकारहरुको प्रतिभा उर्जागरका लागी महत्वपुर्ण भुमिका निभाउन सक्छ भन्ने आशा पलाएको छ ।

सम्बन्धित समाचार