जुम्लाका सरकारी कार्यक्रम प्रभावकारी बनाउन प्रशासनको आग्रह ।

दिलमाया शाही
संघियता कार्यान्वयमा आएपनि नागरिकले गरेको अपेक्षा अनुसार सेवा पाउन नसकेको गुनासो दिनप्रतिदिन बढेको छ ।यसलाई मध्यनजर गरी पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालय जुम्लाले जिल्लामा संञ्चालति सरकारी तथा गैरसरकारी संस्थाको सेवा नागरिक मुखी बनाउन बिभिन्न खाले कार्यक्रम गर्दै आएको छ । प्रशासनले सरकारी सेवा चुस्तदुस्त बनाउनका लागी आर्थिक वर्षमा गरिने कार्यक्रम, त्यसको लागी बिनियोतिज भएको बजेट ,लगायतका बारेमा शुक्रबार जुम्लाका सबै सरकारी कार्यालयलाई चालु आवको बजेट र कार्यक्रम प्रस्तुत गर्न लगाएको हो। जुम्लाका करिब ३२ सरकारी कार्यालयले शुक्रबार चालु आवको बजेट र कार्यक्रम प्रस्तुत गरेका छन् । प्रशासनले शुक्रबार आयोजना गरेको चालु आवको बजेट र कार्यक्रममा भने स्थानिय सरकारकोे उपस्थिती न्युन रहेको थियो ,। जुम्लाका एक नगरपालिका र सात वटा गाउपालिका गरी आठ वटा स्थानिय तह छन ।

चालु आवको बजेट र कार्याक्रम प्रस्तुत गर्न गुठी चौर गाउपालिका ,चन्दननाथ नगरपालिका ,पातारासी गाउपालिका र हिमागाउपालिका उपस्थित भएका थिए । जिल्ला प्रशासन कार्यालयको आयोजनामा शुक्रबार जिल्लाका ५४ सरकारी कार्यालय मध्य ३२ कार्यालयले चालु आव २०७७र०७८ को बार्षिक बजेट र कार्यक्रम प्रस्तुत गरेका छन ् ।

बार्षिक नीति कार्यक्रम र बजेट प्रस्तुत गरी सम्पुर्ण नागरिकलाई सरकारी कार्यक्रम प्रति जानकारी दिनु , शुसान तथा पादरर्शिताको एक खुटकिलो भएको समेत प्रशासनले बताएको छ ।जिल्लाका सरकारी कार्यालयले प्रस्तुत गरेका कार्यक्रमलाई प्रभावकारी बनाउन नागरिक समाजका अध्यक्ष राज बहादुर महतले सुझाब दिएका छन् । त्यस्तै राजनीतिक दलले पनि विभिन्न सरकारी कार्यालयको कार्यक्रम लक्षित वर्गभन्दा राजनीतिक कार्यकर्ता,आसेपासेले नै बढी लाभ लिएको गुनासो बढेको भन्दै अबका दिनमा चालु आवका कार्यक्रमहरु लक्षित वर्ग सम्म पुराउन सुझाब दिएका छन ।

त्यस्तै नेकपा कर्णाली प्रदेश कमिटिका सदस्य पुर्ण प्रसाद धितालले प्रस्तुत गरीका कार्यक्रम प्रभावकारी र तोकिएको समयमै सम्पन्न गर्ने कार्यालयलाई पुरुष्कृत गर्ने कामको थालनी गर्नु पर्ने बताए । उनले भने जुम्लालाई नमुना बनाउने साझा अभियान शुरु गरौ हामी साथ दिन तयारछौ ।, उनले कार्यकर्तामुखी बजेट र कार्यक्रम भए भन्ने गुनासालाई अन्त्य गर्न आम नागरिकलाई सक्षम बनाउने खालका कार्यक्रम अगाडी बढाउन समेत आग्रह गरेका छन ।राष्ट्यि प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष मनसुर सुनारले जिल्लामा संञ्चालित भएका कुनैपनि कार्यक्रम बास्तविक लक्षित वर्ग सम्म नपुगेको बताए । उनले सरकारी कार्यक्रम पाउनेमा नातागोता र आसेपासे पोस्ने प्रबित्तिको अन्त्य गर्न समेत उनले सबै सरकारी कार्यालयको ध्यानकर्षण गराएका थिए ।

त्यस्तै, नमकिपाका जिल्ला अध्यक्ष शिवलाल डाँगीले सरकारका नीति कार्यक्रम प्रभावकारी कार्यान्वयन हुनका लागि कर्मचारी, स्थानीय, नेता कार्यकर्ता, प्रशासक सबैको आचरण असल हुनुपर्ने बताएका छन । जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्दू थापाले भने कुनै पनि कार्यलयले कार्यक्रमको बारेमा जानकारी गराउनु, र नागरिकलाई सुसुचित गर्नुनै पहिलो कत्र्तब्य भएको बताए । नागरिक समाज, राजनीतिककर्मी तथा पत्रकारका सु्झाबलाई मध्य नजर गर्दै चालु आवका कार्यक्रम प्रभावकारी रुपमा संचालन गरिने सबै सरकारी कार्यालयले प्रतिबद्धता जनाएका छन।