जुम्ला :कर्णाली प्रदेस सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले खस सभ्यताकाको संरक्षण गर्नु पर्ने बताए । उनले तत्कालिन खस साम्राज्य सिँजा सँग जोडिएको उत्तर दक्षिणको रेश्मी मार्गको खोजी गर्नुपर्ने बताए ।
त्यस्तै कनकासुन्दरी गाउँपालिकामा रहेको ऐतिहासिक कनका सुन्दरी मन्दिरको अवलोकन गरेका छन । सिँजाको समग्र सभ्यताको ईतिहास महत्वपूर्ण रहेको बताए ।
तत्कालिन खस साम्राज्यको राजधानी नेपाली भाषाको उद्गमस्थल सिंजा चिनाउने तत्कालिन रेशमी मार्ग मात्रै खोजी गरेर छोटो मार्ग अगाडि बढाउने हो भने महत्वपूर्ण काम हुने बताए । रेशमी मार्ग चीन देखी यूरोप सम्म हिड्ने,भेडा,घोडा हिडाउने मार्ग रहेको खोजी गर्न आवश्यक रहेको जोड छ ।
सिंजा सभ्यता सँग जोडिएका चीन, भारत, भुटनाका भूगोल ति भूभाग अहिले नेपालमा नभए पनि सास्कृतिकि रुपमा आजपनि भुटान, चीन सम्म हाम्रो राज्य त्यहाँ रहेको ईतिहास हाम्रो पुस्तालाई वुझाउन आवश्यक रहेको छ । उनका अनुसार सम्भयता र सस्कृतिलाई दुर्गम भनेर हुदैन, यही भित्रै कला सस्कृति लुकेकोले कर्णाल् सिंजा सभ्यताको धनि रहेको छ ।
उनले कनकासुन्दरी क्षेत्रमा संरक्षण हुन नसकेका पुरातात्विक सम्पदताको संरक्षणमा नेपाल सरकार र कर्णाली सरकारले प्रथाकिता दिनु पर्ने आबश्यक छ । कनकासुन्दीमा क्षेत्रमा स्यूवाघ लगायतका पुरातात्विक सम्पदा अहिले सम्म भग्नावशेष अवस्थामा छन् ,यसको संरक्षण हुन सकेको छैन् ।मन्त्री भण्डारीले पशुपतिनाथ, चन्दननाथ, भैरवनाथ, गोरखनाथ नाथ भनेको दिक्षित पद रहेकाले यसको धार्मिक लिंक समेत रहेको छ ।
जुम्ला र दुल्लुको पुरानो सम्वन्ध
मन्त्री भण्डारीले जुम्ला र दुल्लु तत्कालिन समयको साम्राज्य भएकाले यसको सम्वन्ध रहेको छ । कनकासुन्दरी मन्दिरको अवलोकन पछि पत्रकारहरु सँग कुराकानी गर्दै जीवनमा एकचोटी आउने सिँजा भएकाले सस्कृति खोज्न टाढा जान आवश्यक छैन । उनले जुम्ला पनि साहुवाडा,दैलेख पनि साँहुवाडा छ, धेरै गाउँहरु एउटै नामका छन् । दस्तावेज समेत भएकाले सिंजा र दुल्लुको सम्वन्ध प्रगाढ छ ।
स्थानीयले सिँजा सभ्यताको संरक्षणका लागि अपिल गरेका छन् । कनकासुन्दरी ४ का अध्यक्ष धनामानसिंह हमालले यस सिंजाका पुरातात्विक संरचना अध्ययन, संरक्षण पुर्वाधारका लागि खोजी गर्न अनुरोध गनुृभयो । स्थानीयले खस सभ्यताका बाजागाजा सहित विभिन्न स्थानमा स्वागत समेत गरेका छन् ।