गुणस्तर काम गर्ने निर्माण व्यवसायी राष्टु कठायत सम्मानित

जुम्ला :समय अवधि भित्रै गुणस्तरीय भवन निर्माण गर्ने व्यवसायीलाई सम्मान गरिएको छ । जुम्लाको भिजन निर्माण सेवाले गरेको कामको कदर गर्दै सम्मान गरिएको हो ।जिल्लाको हिमा गाउँपालिका वडा नम्बर ३ भैरव आधारभुत विद्यालयले भिजन निर्माण सेवा जुम्लाको निर्माण व्यवसायी राष्टु कठायतलाई कदरपत्र र दोसाल्ला ओढायर सम्मान गरेको छ ।प्लान नेपाल, साझेदारी सेवा केन्द्र (पेश) नेपाल र स्थानीय सरकारको साझेदारी सहयोगमा निर्माण भएको चार कोठे भवन, ईसिडि,अपांगतामैत्री, शौचालय निर्माण भएको थियो ।सो भवन निश्चित समयमा गुणस्तरीय निर्माण भएको भन्दै हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमनाथ योगीले प्रोपाईटर राष्टु कठायतलाई कदरपत्रले सम्मान गरेका हुन ।

त्यस्तै गरी भैलेपाटा आधारभुत विद्यालयमा समेत काम गर्न योगदान पुर्याएका भन्दै सम्मान गरिएको छ । भिजन निर्माण सेवाका प्रोपाईटर कठायतले हिमा गाउँपालिकाको महावु आधारभुत विद्यालय कुडु, आधारभुत विद्यालय गोरुचौर सहितका ४ वटा विद्यालयमा गुणस्तरीय भवन निर्माण भएका छन् ।

विकास साझेदार निकाय प्लान नेपाल र साझेदारी सहयोग केन्द्र (पेश) नेपालले निर्माण गरेका ५ वटा विद्यालय मध्य ४ वटा विद्यालय भिजन निर्माण सेवा र आधारभुत विद्यालय जोडुमा मिलन एण्ड मेलिना निर्माण सेवाले निर्माण गरेको छ । ति ५ वटा भवन एकैसाथ कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उद्घाटन गरेका हुन ।

त्यस्तै मन्त्री भण्डारीले गुणस्तरीय भवन निर्माण गरेकोमा स्थानीय सरकार, स्थानीय सरकार, साझेदार निकाय निर्माण व्यवसायीलाई आभार ब्यक्त गरे । उनले भने, बालबालिको शिक्षामा लगानी गर्न सरकार पनी तयार छ । जुम्ला शिक्षा क्षेत्रमा अब्बल देखिएको छ । उनका अअनुसार यहाका जनशक्ति नेपालका बिभिन्न जिल्लामा राष्ट्रसेवक कर्मचारी रहेको बताए ।

त्यस्तै समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले गुणस्तरीय भवन निर्माण मात्रै नभई ति संरचनालाई विद्यालयले राम्रो प्रयोग गर्न आवश्यक रहेको बताए । उनले बालवालिकालाई अध्यायन गर्ने भुकम्प प्रतिरोधि भवन आश्यक रहेको बताए ।

त्यस्तै साझेदारी सहयोग केन्द्र नेपालका कार्यक्रम संयोजक हेमराज भट्टले जोगिवाडा, कुडु, गोरुचौर र लेकपोरको विद्यालय भवन लगायतका संरचनाका लागि २०८० साल भदौ १५ गते सम्झौता भई २०८१ जेठ २ गते सम्पन्न भएको थियो । विद्यालय भवन असोज २, ३ र ४ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उद्घाटन गरि समुदायलाई हस्तान्तरण गरिएको छ ।

सम्बन्धित समाचार