जुम्ला । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) देशमा ब्याप्त भ्रष्टाचार अनियमितता वित्तीय शोषण र राज्यस्रोत दोहनका बिरुद्ध काम गर्दै आएको छ । देशमा पछिल्लो ३२ बर्ष यता उपल्लो तहको नेतृत्वमा पुगेका कर्मचारी राजनितिक नेता न्यायाधिश सुरक्षा निकायका प्रमुख लगायत सबैको सम्पति छानबिन गरि भ्रष्टाचार गरेको ठहर सम्पत्ति राष्ट्रियकरण गर्नु पर्ने वित्तीय क्षेत्रका पिडितलाई राज्यले न्याय दिनु पर्ने भन्दै जुम्लामा भ्रष्टाचार बिरुद्ध जनसंघर्ष समिति गठन गरिएको हो ।
देशका सबै साना ठुला भ्रष्टाचारहरूको निष्पक्ष छानबिनको निम्ति जनस्तरिय उच्च छानबिन समिति बनाई छानबिन अगाडि बढाउनु पर्ने धारणा सहित भ्रष्टाचार बिरुद्ध जनएकता अभियान संचालन गरेको भ्रष्टाचार बिरुद्ध जनसंघर्ष समिति जुम्लाका संयोजक राम बहादुर रावत (जुझारू)ले बताए । उनका अनुसार स्थानिय निकायमा भएको वेरूजु मार्फत गरेको भ्रष्टाचारको विरूद्ध जनसंघर्ष गर्ने , सम्पूर्ण सहकारी , बैंक तथा लघुवित्त द्वारा गरिने वित्तिय शोषणका विरूद्ध जनसंघर्ष संचालन गर्ने , भ्रष्टाचारीहरूलाई जनएकताको बल मार्फत जनसंघर्ष संचालन गर्ने कार्यक्रम रहेका छन ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जुम्ला ईन्चार्ज प्रकाश वलिले स्थानिय तथा जिल्ला स्तरमा संघ संस्था मार्फत विकास निर्माणका क्षेत्रमा हुने अनियमितता र ढिला सुस्तिका बिरुद्ध तिब्र रुपमा जनसंघर्ष गरी किसानको उत्पादित कृषि उपज राज्यले संकलन र बजारी करणको लागि संघर्ष अभियान संचालन गर्ने बताए । उनका अनुसार पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को केन्द्रीय कार्याक्रम अनुसार २०८१ भाद्र २५ गते देशका सबै जिल्लाहरूमा भ्रष्टाचार बिरुद्ध जनसंघर्ष समिति गठन गरि भ्रष्टाचार बिरुद्धको दस्ता निमार्ण गर्ने र भ्रष्टाचार बिरुद्ध को अभियानको प्रारम्भ गर्ने कार्य सम्पन्न भएको छ ।
त्यस्तै जुझारू को नेतृत्वमा ९ सदस्यीय भ्रष्टाचार बिरुद्ध जनसंघर्ष समिति जुम्ला गठन भएको छ । हामा सबै गतिबिधि र कामकाजहरू पार्टी र जन नीति अनुसार अगाडि बढउने कार्यक्रम रहेको छ । उनीहरुले जारी गरेको प्रस बिज्ञप्तीमा भनिएको छ जुम्लाबासी जन समुदायहरू हाम्रो भ्रष्टाचार बिरुद्ध जनसघर्ष समिति जुम्ला जिल्लामा भएका बिकास निमार्णका आयोजना सरकारि तथा गैरसरकारि कार्यालय स्थानिय तह लगायत बिभिन्न क्षेत्रमा हुने भ्रष्टाचार र अनियमिता सेवाप्रदायक निकायहरूबाट हुने ढिलासुस्तीका बिरुद्ध सशक्त बिरोध र प्रतिकारका लागी सहयोग गर्न अनुरोध छ ।
उनीहरुले भ्रष्टाचार लाई शून्य बनाउन सुशासन र सदाचार युक्त समाज निमार्ण गर्न हाम्रो तागतले मात्र नपुग्ने भन्दै यो अभियान जनसमुदायहरूको सक्रियता र अर्थपुण सहभागिता को खाँचो रहेको बताएका छन । उनीहरुले सबै न्याप्रेमि जनसमुदाय बौद्विक ब्यक्तिलाई भ्रष्टाचार बिरुद्धको अभियान मा सहभागी हुन र एकेबद्धता दर्शाउन सहयोग र सर्मथनको लागि विशेष अपिल गरेका छन ।