मुगु: समुदायको संलग्नतामा मुगुमा कर्णाली नदीको जलचर तथा जैविक विविधताको संरक्षण परियोजना अन्तरगत युएसआईडी जल जंगल परियोजना लागु भएको छ ।
युएसआईडी जल जल जंगलको आर्थिक र हिरिसडेक नेपालको प्राबिधिक सहयोगमा मुगु कर्णाली नदी भित्र रहेकाा जलचर तथा जैविक विविधता संरक्षणका लागी जिल्लाका तिन स्थानिय तहमा यो कार्यक्रम लागु भएको हो ।
समुदायमा आधारित जलचर र जैविक बिबिधता संरक्षणलागी मुगु कर्णाली वारीपारी बसोबास गर्ने सुमदायको क्षमतामा सुधार सामुदयिक जलचर संरक्षण समह गठन गरिएकाे अधिकृत मेरीना राना मगरले बताईन ।उनका अनुसार समूह हरुकाे मध्यमबाट उनिहरुकाे दर्ताकालागी कानूनी तयारी पुरा गर्दै कर्णालीमा रहेका जलचर र जैविक बिबिधता संरक्षणका लागी समुदायहरु परिचालन र संगठित हुनका लागी युएसआईडी जल जंगलको आर्थिक र हिरिसडेक नेपालको प्राबिधिक सहयोगमा यो परियोजना लागु गरिएकाे हाे ।
हिरिसडेक नेपालका कार्यकारी निर्देशक शिव चन्द्र कार्कीका अनुसार यो कार्यक्रम जिल्लाका छाँयानाथ रारा नगरपालिका,मुगुम कार्मारोङ र सोरु गाउँपालिकाको मुगु कर्णाली वारीपारी रहेका १२ समुदायमा रहेकाेछ । उनले भने, यि तिन पालिकामा साउन देखि मंसिर सम्मलागु हुने यो परियोजनाले पालिका स्तरमा जलचर एंव जलीय जैविक विबिधता संरक्षण ऐन निमार्ण गरी वातावरण संरक्षण बिधेयक तयारी गर्नका लागी सम्बनिधत पालिकालाई सहजीकरण गर्दै वातवरणीय अपराधलाई रोकेर प्राकृति श्रोतहरुको सुरक्षा गर्दै रारा राष्ट्रिय निकुञ्ज भित्रको फोहोर अडिट र ब्यवस्थापन रारा आउने आगन्तुकहरुले फालेका फोहोरको अडिट प्रणालीलाई दिगोपज गर्ने परियोजनाको मुख्य उदेश्य रहेको छ
