मुगुको वडा सरकारको उपहार जडिबुटी चिया, र निगालोको टोकरी


मुगु : मुगुको छाँयानाथ रारा नगरपालिकाको एक वडाले वडामा आउने पाहुनाहरुलाई स्थानीय जडिबुटीबाट बनेको चिया,निगालोको फोहोर फाल्र्ने टोकरी जस्ता सामाग्री उपहार दिने भएको छ । १२ नम्बर वडा पालिकाको सरकारले पहिलो चरणमा वडा पालिमाका आउने पाहुनाहरुलाई स्थानीय जडिबुटीबाट बनेको चिया,निगालोको फोहोर फाल्र्ने टोकरी र निगालोबाट निर्माण गरिएका कुचो उपहार दिने भएको हो ।


वडापालिका भित्र रहेका स्थानीय नागरिकहरुको स्वास्थ्य, शिक्षा,आय आर्जनमा सीपमुलक तालिमबाट परिवर्तन गरि आत्मनिर्भर बनाउनका लागि प्राकृतिक स्रोत लगायत बिभिन्न स्थानीय स्रोतको पहिचान निर्माण गर्दै उपहार दिने परम्परा सुरु गरेको हो ।
मुगुमा रहेका १४ वडामध्य १२ वडाकार्यालयले वडाभित्र रहेका बिभिन्न रैथाने बस्तुहरुबाट बनेका परिकारहरुको प्रचार प्रचार गर्ने उद्देश्यले जडिबुटीबाट तयार गरेको चिया र निगालोबाट बनाएका बस्तुहरु पाउनाहरुलाई कोशेलीको रुपमा दिने गरेको हो ।


त्यस्तै मुगुको मुख्य पर्यटकको केन्द्र रारा ताल रहेपनि नगरपालिका वडा नम्बर १२ मा रहेका अन्य तालहरुको प्रचार प्रसार गरिने,वडाबासीको आय आर्जनमा बृद्धि गर्न नयाँ अवधारणा सुरु गरिएको वडा सचिव हेम बहादुर बढुवाल बताए ।उनका अनुसार १२ वडा नम्बरका वडा नयाँ अवधारणा अनुसार वडाभित्र रहेका सात तालको प्रचार प्रचार जडिबुटीको प्रवद्र्धन, गरिने बताए ।
वडा नम्बर १२ का वडाध्यक्ष आइतुराम रोकायले निगालोबाट तयार गरिने फोहोर फाल्र्ने टोकरी, झारु लगायत जुता ,किताब कापी राख्ने लगायतका सामाग्री निर्माण गरीने बताए । उनका अनुसार स्थानीय खाद्यान्न बालीहरुको उत्पादनमा पनि प्राथमिकता दिइएको छ ।

सम्बन्धित समाचार