काठमाडौँ : नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टीबीच आज छलफल भएको छ।
सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको छलफलमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, समाजवादीका अध्यक्ष माधव नेपाल र रास्वपाका सभापति रवि लामिछानेलगायतको सहभागिता थियो। बैठकमा माओवादी नेता वर्षमान पुन र समाजवादीका नेता राजेन्द्र पाण्डेको पनि सहभागिता थियो।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संविधान मिचेर बनेको निष्कर्ष निकालेको जानकारी दिँदै माओवादी नेता वर्षमान पुनले कांग्रेस र एमालेबीच भएको सहमति सार्वजनिक गर्नुपर्ने माग गरेको पनि बताए।
उनले भने, ‘दुई ठूला दल मिलेर सरकार बनाइसकेको अवस्था छ। उहाँहरूको साझा धारणा अहिलेसम्म आएको छैन। के शर्तमा मिल्नुभयो पनि आएको छैन। प्रधानमन्त्रीले के बापत सदनमा विश्वासको मत माग्नुहुन्छ?’