जुम्ला :जिल्ला प्रहरी कार्यालय जुम्लाले नागरिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ। प्रहरीको शान्ति सुरक्षाको विषयमा सरोकारवाला संग राय सुझाव लिन र प्रहरीले दिँदै आएको सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।
सुनुवाईमा सहभागिबाट उठेको प्रश्नको जवाफ दिँदै जुम्ला प्रहरी नायब उपरिक्षक छेदीलाल कामतीले प्रहरीले स्थानीयलाई सुरक्षाको प्रत्याभूत गराउन सबै संग हातेमालो गर्दै आएको बताए । उनले कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरूलाई सम्बोधन गर्दै समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्नुका साथै समाजमा रहेका कुरीति तथा विसंगतिहरुलाई चिर्नका लागी नागरिकको भुमिका महत्वपुण हुने बताए ।उनले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि यहाका सरोकारवालाई पुलको रुपमा सहयोग गरिदिन अनुरोध गरे । त्यस्तै जिल्ला समन्वय समितिका कार्यबाहयक प्रमुख नरविर सुनारले प्रहरीले अपराध न्युनिकरणका लागी थप सक्रियता बढाउनु पर्ने बताए ।
त्यस्तै गुठी चौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्ने बताए । उनले‘पीडितलाई न्याय र पीडकलाई सजाय’दिलाउने पुनित कार्यमा हातेमालो गर्ने प्रतिबद्धता जनाए । उनले भने,‘ गुठीचौर गाउँपालिकाले मदिरा नियन्त्रण अभियान थालेको बताउदै ‘सुरक्षित कर्णाली प्रदेश अभियानलाई प्रभाबकारी बनाउनु पर्ने बताए ।
त्यस्तै सिंन्जा गाउँपालिकाका अध्यक्ष पुर्ण प्रसाद धितालले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम प्रहरीको भुमिका महत्वपुर्ण हुने बताए । उनले समाजमा रहेका कुरीति तथा विसंगतिहरुलाई अन्त्ये गर्नका लागी प्रहरी अझै थप जिम्मेवारी हुने अनुरोध गरे ।
त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले शुसासन कर्यम गर्नका लागी सेवाग्राही र सेवा प्रदायक बिचको दोहोर सम्बन्ध स्थापित गर्न जरुरी रहेको बताए । उनले भने, सेवाग्राही र सेवा प्रदायक बिचको असमझदारीलाई हटाई सुशासन, पारदर्शीता, जवाफदेहिता र जिम्मेवारीको बोध गराई सुशासनमा सहयोग पु¥याउन प्रहरी कार्यालयले नागरिक सुनुवाई कार्यक्रम गरेको छ । उनका अनुसार प्रहरीको एकल प्रयासले मात्रै अपराध न्युनिकरण नहुने भन्दै नगारिकलाई सहयोग गर्नु पर्ने बताए । उनले राज्यको ऐन कानुन नबुझेर पनि प्रश्न उठेको छ कि भनेर सबै सरकारी कार्यालयले नागरिक सुनुवाइ गर्नु पर्ने ब्यवस्था रहेको छ ।
त्यस्तै नागरिकलाई सहज ढंगबाट आफ्ना अवस्था, काम, कर्तव्य अधिकार तथा सेवाग्राही र प्रदायक बीच समझदारी कायम गर्दै नागरिक–प्रहरी एक हौं भन्ने बुझाइलाई नागरिकको घरदैलोमा पु¥याउन नागरिक सुनुवाई कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।